अन्तर्वार्ता
-
वैद्य र थापा एकतामा आए पार्टी फुट्नु पर्छ भन्नेहरु नांगिएर जान्छन् : अग्निप्रसाद सापकोटा, पोलिटब्यूरो सदस्य,एमाओवादी
माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि ७ बुँदेको जवाफमा वैद्य समूहले ६ बुँदै जवाफ फर्काएको छ । वैद्य समूहले संस्थापनले आत्मालोचनसम्म गर्नुपर्ने सर्तअघि सारेको छ । के अध्यक्षले आत्मालोचना गर्लान ? ती र यस्तै विषयमा केन्द्रीत रहेर संस्थापनका पोलिटब्यूरो अग्निप्रसाद सापकोटासँग ओएनएसका लागि लोकेन्द्र ओलीले गरेको कुराकानीको मुख्य अंश :
माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि ७ बुँदेको जवाफमा वैद्य समूहले ६ बुँदै जवाफ फर्काएको छ । वैद्य समूहले संस्थापनले आत्मालोचनसम्म गर्नुपर्ने सर्तअघि सारेको छ । के अध्यक्षले आत्मालोचना गर्लान ? ती र यस्तै विषयमा केन्द्रीत रहेर संस्थापनका पोलिटब्यूरो अग्निप्रसाद सापकोटासँग ओएनएसका लागि लोकेन्द्र ओलीले गरेको कुराकानीको मुख्य अंश :
पार्टीको विवाद चरम विन्दुमा छ, विवाद कता जाँदैछ ?विवादलाई मिलाउने कोशिस हुँदैछ । वैद्यजीहरुले पनि आफ्ना कुराहरु लेखेर पठाउनु भएको छ । ती कुरामा अध्ययन हुँदैछ । विवादका बीचबाटै विवादको समाधान गरेर पार्टीलाई एकता गर्नका लागि तीब्र पहल भैरहेको छ ।अध्यक्ष दाहालको जवाफमा वैद्य समूहले आत्मालोचना गर्नेसम्मको कुरा आएको छ । के अध्यक्ष आत्मालोचना गर्न तयार हो ?अध्यक्षले आफ्नो तर्फबाट स्पष्ट रुपमा भन्नु भएको छकी अहिलेसम्म भएका कामको समीक्षा गरौं । त्यो समीक्षाबाट निस्कने निष्कर्षबाट निस्कने गल्ती, कमजोरी स्विर्कान तयार छु । त्यती मात्रै होइन केन्द्रीय कमिटीको बैठकमा गम्भीर छलफल गरौं । छलफलबाट अध्यक्ष त्याग्ने अवस्था आए म अध्यक्ष पनि त्याग्न तयार रहेको अध्यक्षले भनि रहनु भएको छ ।राष्ट्रिय सहमतिको विकल्प तयार भए प्रधानमन्त्रीबाट बाबुरामजीले राजीनामा दिने भन्ने कुरा लिखित रुपमा दिनुभएकै छ । छलफल गरौं त हामीहरुले भन्दै आएका छौं । वैद्यजीहरुको राष्ट्रिय भेल हुँदैछ, त्यसबाट पनि एकताको प्रस्ताव पारित गरौं र यी यी बुँदामा एकताको सर्त हुन सक्छ भन्ने त्यसपछि हाम्रो विस्तारित बैठकमा पनि एकतावद्ध हुनको लागि एउटा प्रस्ताव पारित गर्ने । त्यसपछि दुवै प्रस्तावमा गम्भीर छलफल एकता गर्न सकिन्छ । त्यस दिशातिर पहल भैरहेको छ ।७ बुँदेमा खास कुरा नै छैन । त्यसबाट एकता हुँदैन भन्दैहुनुहुन्छ ? हामी समीक्षा गर्नु नै ठूलो कुरा हो । हिजो पार्टी र सरकारबाट भएका निर्णयमा कहाँ कहाँ कमजोरी भए जस्तो पिप्पा सम्झौंता, सेना समायोजना, जग्गा फिर्तासँगै पार्टीबाट भएका सबै विषयमा समीक्षा गर्न तयार रहेका छौं । कमीकमजोरीसँगै अन्त्यमा अध्यक्षले राजीनामा दिनसम्म भएपछि त्यो भन्दा गम्भीर के हुन सक्छ ?तपाईले मिल्ने सम्भावना कत्तिको देख्नु भएको छ ?अमिलुन्जेल मिल्छ जस्तो लाग्दैन । फेरि आ-आफ्ना कुरा खुलस्त राखी र मिलन विन्दु नै खोज्ने हो । मलाई के लाग्छ भने हामीबीच विचारमा कार्यदिशामा, रणनीतिमा, कार्यनीतिमा खासै फरक छैन । पछिल्लो गतिविधिमा लाइनप्रति कति प्रतिवद्ध हो भन्ने देखिन्छ । आयोग बनाएर संविधान जारी गर्ने राष्ट्रपतिलाई यो सरकार बर्खात उत्प्रेरणा गर्ने र घोर भन्दा घोर दक्षिणपन्थी र प्रतिक्रियावादीसँग सहजै गठबन्ध गर्न तयार भएकाले थोरै आशंका देखिन्छ । तरपनि विचार फरक नभएका एकता नै नहुने भन्ने अवस्था नभएको होइन । सबैलाई हेरर वैद्यजीहरुले क्रान्ति नै चाँहेको भए एकतावद्ध भन्दा अर्का विकल्प छैन ।वैद्यले एकता गरौं भन्दा पनि अब एकता हुन नसक्ने र पार्टी फुट्ने अवस्थामा पुगेको हो र ?वैद्यजीहरु दृढतापूर्वक अहिलेको आवश्यकता पार्टी एकता नै हो भनी लाग्नु भयो । त्यो कुनै समस्या नै हैन । सबैले एकताको माग गरिरहेका छन् । राजनीति मिली सकेपछि सबै कुरा मिल्छ । जसले नियतै राखेर फुट्नु पर्छ भन्ने गरेका छन्, तिनीहरु नागेरै जान्छन् । त्यसैले वैद्य र बदलजीहरु एकताको पक्षमा उभिए सबै कुरा मिल्छ ।
Comments
Other अन्तर्वार्ता
-
• प्रचण्डसँग माया बसेको छ : रेखा थापा
• देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
• जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
• कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय
• कार्कीका विषयमा प्रचण्डले गरेको गल्ती सच्याउनु पर्छ : लीलामणि पोखरेल
• प्रचण्ड खुल्ला दिलको, बाबुराम अन्तर्मूखी : राजेन्द्र महतो
• सरकारमा गएका व्यक्तिहरुमा कन्फ्युजन छ : डा चिरिञ्जीवी नेपाल
• भारत भ्रमण प्रचण्डको गल्ती सच्याउने मौका : मुमाराम खनाल, विश्लेषक
• पार्टीले विश्वास गर्छ भने प्रचण्डसँग लड्न तयार छु : गगन थापा
- Show Older
समाचार More+
संविधानसभाका नाममा संसदीय चुनाव,प्रचण्डलाई भारतको गृहकार्य
खड्गबहादुर विश्वकर्मा
खिलराज रेग्मीको नियुक्तिलाई हामीले प्रतिगमन कदम भन्यौ । सुरुमा धेरैले नपत्याए पनि लोकमान सिंहको नियुक्तिसम्म आईपुग्दा सबै छर्लङग भयो । यी घटनाक्रममा चार राजनीतिक दल जसरी देखिए पनि त्यो भारतीयहरुको चहना अनुसार चार दलले ल्याप्चे लगाउदै गएको भन्नेमा धेरै बिवाद नैं भएन । यस्ता विश्वास गर्नै नसकिने गरिका कदमले नेपाली जनतालाई साँच्चै आतंकित..
विस्तृतमा
कालिमाटी तरकारी बजारको हरिबिजोग ! (फोटोफिचर)
काठमाडौं, ६ जेष्ठ (ओएनएस) : कालीमाटी तरकारी बजार राजधानी काठमाडौंको तरकारी गोदामको रुपमा चिनिन्छ । तर यो तरकारी बजारको व्यवस्थापन निक्कै नाजुक छ । काठमाडौंका लाखौँ जनतालाई तरकारी पुर्याउने कालीमाटी तरकारी बजार पानी पर्ने वित्तिकै जलमग्न हुन्छ । काठमाडौंमा खपत हुने ७० प्रतिशत भन्दा बढी तरकारी आपुर्ति गर्ने बजार पानीमा डुब्दा समेत कालिमाटी फलफूल..
विस्तृतमा
चीन र भारतबीच ८ सम्झौता
सीमा विवाद अन्त्य गर्ने सहमति
काठमाडौं, ६ जेठ (एजेन्सी) : चीन र भारत दुई देश बीचको सीमा विवाद अन्त्य गर्न सहमत भएका छन् । सीमा विवाद अन्त्य गर्ने सहमतिको साथसाथै दुई देशले आठवटा सम्झौता पनि गरेका छन् । भारत भ्रमणको क्रममा रहेका चिनियाँ प्रधानमन्त्री ली कचियाङ्ग र भारतीय प्रधानमन्त्री मनमोहनसिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका बीबीसीले जनाएको छ । सम्झौतापत्रि..
विस्तृतमा
त्रिवि र आरआरमा तालाबन्दी
फर्जी भर्ना फिर्ता नभए निर्वाचन हुन नदिने
काठमाडौं, ६ (ओएनएस) : फर्जी विद्यार्थी भर्ना गरेको भन्दै नेकपा–माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु–क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस र राजधानीको रत्नराज्य क्याम्पसमा तालाबन्दी गरेको छ । उसले फर्जी रुपमा भर्ना भएका विद्यार्थीको भर्ना फिर्ता नभए देशभरका क्याम्पसमा तालाबन्दी गरी स्ववियु निर्वाचननै हुन नदिने जना..
विस्तृतमा
- राप्रपामा ६९ केन्द्रीय सदस्यका लागि १४७ को उम्मेदवारी
- इराकमा कार बम विस्फोट, कम्तिमा २६ को मृत्यु
- एन्फालाई ६ हजार डलर जरिवाना
- नेपालमा बढ्यो चीन र भारतको सक्रियता
- हैदराबाद आइपीएलको प्लेअफमा, बैंगलोर बाहिरियो
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









