News

  • खाद्य संकट संभावना बढेकै बेला मकैबालीमा रोग

    • Posted on: 2012-08-17

     

    धनवीर दाहाल / रुकुम १ भदौ साउन (ओएनएस) : रुकुममा विभिन्न गाबिसहरुमा लगाइएका मकैबालीमा रोग देखिएको छ । 
     
     
     खाद्य संकट हुन सक्ने जिल्ला खाद्य सुरक्षा समितिले निष्कर्ष निकालेर सरोकारवालाहरुलाई त्यसको रोकथाकका लागि आग्रह गरिरहेकै बेला मकैबालीमा रोग देखिएको हो । 
     
    रुकुमका पिपल, पोखरा र बाँफिकोट गाविसममा लगाएको मकैबालीमा रोग लागेपछि कृषकहरु मर्कामा परेका हुन । 
    पातमा खैरो थोप्ले रोगले संक्रमण गरेपछि मकैमा समस्या देखिएको पिपल गाविसका स्रोत व्यक्ति भीमवहादुर खत्रीले जानकारी दिए । सो जानकारी पाएपछि ती गाविस तर्फ जिल्ला कृषि विकास कार्यालय रुकुमका बाली संरक्षण अधिकृत पिताम्वर बस्नेत र नाप्रास लोकेन्द्र वलीको टोली अनुगमनको लागि गएको छ ।
     
    मकैमा समस्या भएका कृषकहरुले सो टोलीसाग सम्पर्क गरी रोग रोकथामको कार्य गर्नु अनुरोध गरेका छन् । खैरो थोप्ले रोग लागेपछि मकैका पात/डाठमा स साना खैरा काला थौप्लाहरु देखिएको र विस्तारै ति थोप्लाहरु वढदै गई पुरै पात सुकेको तथा रोग ग्रस्त बोटमा घोगा नलाग्ने वा घोगा लागेमा पनि दाना नलागेको कृषकहरुले बताएका छन् । गत वर्ष पनि मकैवालीमा यो समस्या देखिएको जिल्ला कृषि विकास कार्यालय रुकुमले जनाएको छ  । 
     
        पटक पटक यस्ता समस्या देखा परेपनि कृषकहरुमा भने विषादी नै राख्नुपर्छ भन्ने विचारले जडो गाडेको कृष्िा विकास कार्यालयको भनाइ छ । विउ परीवर्तन नै नगरेर सालसालै एउटै विउ प्रयोग गर्नाले र विउ नै उपचार नगरेर मकै रोप्नाले मकैवालीमा यस्तो समस्या देखा परेको बाली संरक्षण अधिकृत वस्नेतले बताए । सो रोग निदानका लागि जिल्ला कृषि विकास कार्यालय रुकुमले क्षेत्रिय कृषि निर्देशनालय सुर्खेत, क्षेत्रिय बाली संरक्षण प्रयोगशाला नेपालगन्ज, बाली संरक्षण निर्देशनालय हरिहरभवन ललितपुरसँग विषादीको माग गरेको छ ।
     
    एउटै क्षेत्रमा लगातार रोगको प्रकोप देखिनुको कारणको अनुसन्धान गरिदिनहुन  क्षेत्रिय अनुुसन्धान केन्द्र खजुरासँग अनुरोध गरेको निमित्त वरिष्ठ कृषि विकास अधिकृत मेघराज थापाले जानकारी दिए । यसैबीच आठविसकोट सेवा केन्द्र अन्र्तगत आठविसडाडागाउँ ४ सिमवजार घट्टाको खेतमा लगाएको धानवालीमा काडेदार खपटेले आक्रमण गरेको छ । त्यसको लागि कृषि सेवा केन्द्र आठविसकोट र त्यहाँका कृषकहरुको सयुक्त प्रयासमा साइपरमेथि्रन विषादी स्प्रे गरिएको सेवा केन्द्र प्रमुख यमकान्त पाण्डेले जानकारी दिए ।
     
    त्यस्तै अन्य कहिकतै यस्ता समस्याहरु देखा पेरेको खण्डमा कृषि सेवा केन्द्र आठविसकोटमा सम्र्पक राख्नहुन वा जिल्ला कृषि विकास कार्यालय रुकुममा  जानकारी राख्नहुन सेवा केन्द्र प्रमुख पाण्डेले सबैमा अनुरोध गरेका छन् । 
     
     

     

Comments

समाचार More+

  • नेपालमा भारतीय कांग्रेसको पार्टी कार्यालय

    दुतावास भन्दा शक्तिशाली

    सरोज दाहाल / काठमाडौं, ६ जेठ (ओएनएस) : नेपालमा राजनीतिक तहबाट हुने कुनै पनि निर्णयमा भारतीय पक्षको भूमिका हुन्छ भन्ने कुरा राजनीतिक दलका नेताहरुले नैं स्वीकारेका अवस्थामा  भारतीय सत्तारुढ दल कांग्रेस आईले औपचारिक रुपमा  कार्यालय खोलेर काम गरिरहेको छ । भार..
    विस्तृतमा

  • प्रधानसेनापति र भारतीय लेफ्टिनेन्ट जनरलबीच भेट

    महिला सैनिकको अवस्था बारे छलफल

      काठमाडौं, ७ जेठ (ओएनएस) : प्रधानसेनापति गौरव शम्शेर जबरा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल ज्ञान भूषणबीच आज भेटवार्ता भएको छ ।   राजधानीमा भएको भेटमा नेपालका महिना सैनिकहरुको व्यवस्थापन बारे छलफल भएको बताइएको छ ।   तीनदिने नेपाल भ्रमणमा आएको टोलीले यहाँ रहँदा सैनिक शिक्षण संस्थाहरुको अवलोकन पनि गरेको छ । टोली विहीबार स..
    विस्तृतमा

  • सरकार र सद्भावनाबीच कुरा मिलेन, आमरण अनसनको घोषणा

    सद्भावनालाई सरकारको आग्रह (पूर्णपाठ)

    काठमाडौं, ७ जेठ (ओएनएस) : सरकारसँगको वार्ता सहमतिमा पुग्न नसकेपछि सद्भावना पार्टीले आमरण अनसनको तयारी गरेको छ । मंगलबार सरकार र सदभावना पार्टीबीचको वार्ता विना निष्कर्ष टुङ्गिएको छ ।  निर्वाचन मिति घोषणा, निर्वाचन क्षेत्र पुनः निर्धारण आयोग, नागरिकता वितरण, शान्ति सुरक्षालगायतका विभिन्न माग सरकारले तत्काल पुरा गर्न नसक्ने बताएपछि वार्..
    विस्तृतमा

  • निर्वाचन ऐनका कारण मिति घोषणामा ढिलाई : प्रचण्ड

      राजेन्द्र आचार्य, चितवन, ७ वैशाख (ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सम्वन्धी ऐनका कारण संविधान सभाको मिति घोषणामा ढिलाई भएको वताएका छन् । उनले अरु विषयमा सहमति भइसकेको भएपनि ऐनकै कारण मिति घोषणामा ढिलाई भएको बताए ।   क्रान्तिकारी पत्रकार संघ चितवनले गरेको पत्रकारसम्मेलनमा प्रचण्डले भने &nd..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal