News
-
पाईप बगाएपछि खानेपानीको हाहाकार
- Posted on: 2012-08-11
बझाङ २७ साउन (ओएनएस): साउन २४ गते परेको अविरल वर्षासँगैे बाढीले खाने पानीको पाईप बगाएपछि बझाङको दहबगर गाविस वडा नं. १ का ४० परिवार खानेपानीको मर्कामा परेका छन ।लगातार तीन दिनसम्म परेको पानीका कारण गाउँ नजिकैको घट्टेखोलामा आएको बाढीले ५ सय मिटरसम्म मेन पाईप लाईन बगाएपछि खानेपानीको समस्या भएको र अहिले एकघन्टा हिँडेर खोलाको फोहर पानी पिउन बाध्य भएको स्थानियबासी केशवराज जोशीले बताए । गरिबी निवारण कोषको आर्थिक सहयोग तथा सप्रोज नेपालको सामाजिक परिचालनमा २०६८ सालमा उक्त गाउमा खानेपानी निर्माण कार्य सम्पन्न भएको थियो ।त्यस्तै गाउँका सबैको सक्रियतामा निर्माण गरिएका ५ ओटा पानी घट्ट पनि बगाएपछि अहिले आधा घन्टा हिँडेर अर्को गाउ जानु पर्ने बाध्यता भए पनि जोशीले बताए । धान उत्पादन कम हुने गाउँमा बाढीले २० रोपनीमा रोपेका धान पनि बगाएको छ ।
Comments
Other News
-
• जनयुद्ध सम्बन्धी दुई पुस्तक सार्वजनिक
• फर्जी विद्यार्थी विरुद्ध अनशन
• विद्यार्थी बीच झडप, २४ बढी घाइते
• हत्याको विरोधमा विराटनगर बन्द
• सगरमाथा हीरक महोत्स मनाइदै
• रिड नेपाललाई एक लाख अमेरिकी डलरको पुरस्कार
• हेलिकप्टर दुर्घटना भएको झुटो हल्ला गर्ने पक्राउ
• भवन भत्किएर पुरिँदा एक जनाको मृत्यु
• डाईभर्सन भत्किएपछि सवारी आवागमन अवरुद्ध
- Show Older
समाचार More+
एमाओवादी–मधेसी मोर्चा गठबन्धन संकटमा
मधेसी दलको छुट्टै कसरत
काठमाडौं, ९ जेठ (ओएनएस) : आगामी निर्वाचनमा सँगसँगै जाने गृहकार्य गरिरहेका एमाओवादी र मधेसी मार्चा बिचको सम्बन्ध टुट्ने अवस्थामा पुगेको छ । मधेसी मोर्चा आफ्नै संयुक्त गठबन्धन निर्माणमा लागेपछि एमाओवादी सँग उसको गठबन्धन संकटमा परेको हो । आगामी निर्वाचनमा मधेसवादी पार्टी संयुक्त रुपमा जाने भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका द..
विस्तृतमा
विश्वका कुन महिला कति शक्तिशाली ? (सूचीसहित)
काठमाडौं, ९ जेठ (एजेन्सी) : फोब्सले संसारका शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ । सूची अनुसार जर्मन चान्सलर एन्जेला मर्केल विश्व कै सबैभन्दा शक्तिशाली महिला बनेकी छन् । विश्वभरका १०० शक्तिशाली महिलाहरुको सूचीमा मर्केल पहिलो नम्बरमा परेकी हुन् । यस्तै दोस्रो नम्बरमा ब्राजिलकी राष्ट्रपति डिलमा रुसेफ छन् भने अमेरिकी समाजसेवी..
विस्तृतमा
निर्वाचनको मिति तोक्न हतारिएको छु : रेग्मी
काठमाडौं, ९ जेठ (ओएनएस) : अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलाराज रेग्मीले चुनावको मिति घोषणा गर्न आफु हतारिएको बताएका छन् । उनले निर्वाचनको मिति घोषणा छिट्टै हुने बताए । रिपोर्टस क्लव नेपालको ज्ञापनपत्र बुझ्दै अध्यक्ष रेग्मीले मुलुकको राजनीतिलाई ट्रयाकमा ल्याउन निर्वाचनको विकल्प नरहेको बताए । “नयाँ निर्वाचनको मिति घोषणा गर्दै जनताक..
विस्तृतमा
कसरी हुन्छ सहकारीको अनुगमन र नियमन ?
७५ मध्ये ३८ जिल्लामा डिभिजन कार्यालय
सानुभाई, काठमाडौं, ९ जेष्ठ (ओएनएस) : देशका पचहत्तरै जिल्लामा २७ हजार भन्दा बढी सहकारी संस्था सञ्चालनमा छन् । डिभिजन सहकारी कार्यालय भने जम्मा ३८ जिल्लामा मात्रै । सबै जिल्लामा डिभिजन कार्यालय नहुँदा दर्ता लगायतका सामान्य काम गर्न पनि छिमेकी जिल्लासम्म पुग्नुपर्ने बाध्यता छ । एउटा डिभिजन कार्यालयले तीन/चार वटा जिल्लाको दर्ता..
विस्तृतमा
- पाँच कञ्चनजंघा आरोहीको मृत्यु
- एड्सको औषधी पत्ता लाग्यो !
- एमाओवादीमाथि टिप्पणी गर्नु मुर्ख हुनु जस्तै : ओली
- निर्वाचनको तयारीमा लाग्न कोइरालाको निर्देशन
- सरकारले पूर्ववर्ती भट्टराई सरकारको निर्णय उल्टायो
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









