News

  • साउन ३१ देखि ग्यास उद्योगले एलपी ग्यास बिक्री ठप्प पार्ने

    • Posted on: 2012-08-06

     

    काठमाडौ, २२ साउन (ओएनएस) : एलपी ग्यासका उद्योगीले आगामि साउन ३१ गतेदेखि खाना पकाउने एलपी ग्यासको बिक्री वितरण ठप्प पार्ने बताएका छन् । आफूहरुले पाउने कमिसनमा बृद्धिलगायतका १६ बुँदे माग अगाडि सार्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन । 
     
     
    रिपोर्टर्स क्लब नेपालमा आयोजत कार्यक्रममा एलपी ग्यासा उद्योग संघका उपाध्यक्ष शिवप्रसाद घिमिरले सोमबारसम्मको आफूहरुको अल्टिमेटलाई आयल निगम र सरकारले बेवास्ता गरेकोले आन्दोलनमा जान बाध्य भएको बताए । 
    संघले साउन २३ गतेदेखि पिडिओ खरिद नगर्ने, २४ गतेदेख भारतबाट ग्यासा लोड नगर्ने, २५ गतेबाट भन्सारबाट ग्यासा नछुटाउने र ३१ गतेदेखि माग पुरा नभएसम्म विक्री वितरण ठप्प पार्ने गरी आन्दोलन गर्ने गरी निर्णय गरेको उनले जानकारी दिए । 
     
    आफुहरुको माग पुरा गराउन संघले सम्बन्धित निकायसँग छलफल गर्न शिवप्रसाद घिमिरेको संयोजकत्वमा सात सदस्यीय वार्ता टोलीसमेत गठन गरेको जानकारी दिइएको थियो  । जसमा कुशप्रसाद मल्ली, विजयहरी शर्मा, सावरमल अग्रवाल, डा मणिकरत्न तुलाधर, राजेन्द्र डल्लाकोटी र धर्मराज बर्तौला सदस्य रहेका छन् । 
     
    उद्योगी, डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च तत्काल बृद्धिगर्नु पर्ने, उपभोक्ता र व्यवसायीकालागि पनि सरकारले व्यवस्था गरेको दुई थरीका सिलिण्डर प्रचलनमा ल्याउने पर्ने निर्णय अव्यवहारिक भएकोले तत्काल खारेज गर्नु पर्ने, नयाँ ग्यास उद्योग स्थापना गर्दा संंघको स्वीकृति लिनु पर्ने, संघको सिफारिसमा ग्यासको कोटा निर्धारण गर्नुपर्ने र सरकारी निकायससहितका विभिन्न क्षेत्रलाई ग्यास उद्योग स्थापना गर्ने योजना तत्काल खारेज गर्नु पर्ने सहितका १६ बुँदे माग सार्दै संघ आन्दोलनमा उत्रीएको महासचिव कुश प्रसाद मल्लीले जानकारी दिए । 
     
     

Comments

समाचार More+

  • यसरी भयो पूर्वसभासद मियाको हत्या ( घटना स्थल : फोटोफिचर)

    १२ लाख रुपैयाँको खोजी, छानविन समिति गठन

    दिलीप सिंह / सिरहा, ७ जेठ (ओएनएस) : छिमेकीको विहे हेर्न गएका सप्तरीका पूर्वसभासद सदरुल मिया हकलाई साँझ टेलिफोन आयो । ‘आफ्नै पेट्रोलपम्पमा आउनुस् काम छ’ भनेर कसैले बोलायो । आग्रह बमोजिम मिया पेट्रोलपम्प नजिकको अस्थाई निवास जान त गए, तर फर्किएन् । उनको कल्याणपुर २ विसनापुरमा रहेको आफ्नै अस्थाई निवासमा निर्ममतापूर्व..
    विस्तृतमा

  • नेपालमा भारतीय कांग्रेसको पार्टी कार्यालय

    दुतावास भन्दा शक्तिशाली

    सरोज दाहाल / काठमाडौं, ६ जेठ (ओएनएस) : नेपालमा राजनीतिक तहबाट हुने कुनै पनि निर्णयमा भारतीय पक्षको भूमिका हुन्छ भन्ने कुरा राजनीतिक दलका नेताहरुले नैं स्वीकारेका अवस्थामा  भारतीय सत्तारुढ दल कांग्रेस आईले औपचारिक रुपमा  कार्यालय खोलेर काम गरिरहेको छ । भार..
    विस्तृतमा

  • काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माण गर्न सरकारको स्वीकृति

      काठमाडौं, ७ जेठ (ओएनएस) : सरकारले काठमाडौं, कुलेखानी, हेटौंडा सुरुङमार्ग बनाउन सरकारले स्वीकृती प्रदान गरेको छ । सरकारले मंगलबार सुरुङ निर्माणको परियोजना नेपाल पूर्वाधार विकास कम्पनीलाई हस्तान्तरण गरेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तलसीप्रसाद सिटौलाले कम्पनीका अध्यक्ष कुशकुमार जोशीलाई परियोजना हस्तान्तरण गरे ।  ..
    विस्तृतमा

  • प्रधानसेनापति र भारतीय लेफ्टिनेन्ट जनरलबीच भेट

    महिला सैनिकको अवस्था बारे छलफल

      काठमाडौं, ७ जेठ (ओएनएस) : प्रधानसेनापति गौरव शम्शेर जबरा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल ज्ञान भूषणबीच आज भेटवार्ता भएको छ ।   राजधानीमा भएको भेटमा नेपालका महिना सैनिकहरुको व्यवस्थापन बारे छलफल भएको बताइएको छ ।   तीनदिने नेपाल भ्रमणमा आएको टोलीले यहाँ रहँदा सैनिक शिक्षण संस्थाहरुको अवलोकन पनि गरेको छ । टोली विहीबार स..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal