News
-
जलविद्युतको क्षेत्रमा लगानीका लागि एकैदिन ३२ करोड संकलन
- Posted on: 2012-07-26
काठमाडौं, ११ साउन (ओएनएस) : गैरआवासीय नेपाली संघले नेपालमा जलविद्युतको क्षेत्रमा लगानीका लागि रकम संकलन गर्न कार्यलाई तीब्र पारेको छ ।त्यसका लागि भण्डै ५ अर्ब रुपैयाँ पुँजी संकलन गर्ने लक्ष्य राखिएको छ । यसका लागि राष्ट्रिय समन्वय परिषद अन्तर्गत समिति गठन गरी रकम संकलन हुँदैछ । यसै क्रममा राष्ट्रिय समन्वय परिषद रसियाले २२ जुलाईमा मस्कोमा एक कार्यक्रम गरी एकै दिनमा ३२ करोड रुपैयाँ संकलन गरेकोछ ।उक्त कार्यक्रममा संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो परियोजनाका लागि गैरआवासीय नेपालीहरुबाट विश्वभरि सङ्कलित रकम बराबरको लगानी आफूले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अष्ट्रेलियामा सम्पन्न हुने सातौं क्षेत्रीय सम्मेलनसम्म धेरै देशबाट रकम संकलन हुने अपेक्षा गरिएको छ ।एनआरएनए आईसीसीका अध्यक्ष जीवा लामिछानेले ९ वर्षअघि गैरआवासीय नेपाली अभियान सुरु हुनासाथै सामूहिक लगानीको परिकल्पना गरिएको र पहिलेदेखि नै त्यसलाई मूर्तरुप दिने प्रयास पनि भइरहेको बताए । उनले आफ्नो कार्यालमा त्यसलाई ठोस रुप दिने अभिभारा आएको र त्यसलाई पूरा गर्ने बताए ।
Comments
Other News
-
• जनयुद्ध सम्बन्धी दुई पुस्तक सार्वजनिक
• फर्जी विद्यार्थी विरुद्ध अनशन
• विद्यार्थी बीच झडप, २४ बढी घाइते
• हत्याको विरोधमा विराटनगर बन्द
• सगरमाथा हीरक महोत्स मनाइदै
• रिड नेपाललाई एक लाख अमेरिकी डलरको पुरस्कार
• हेलिकप्टर दुर्घटना भएको झुटो हल्ला गर्ने पक्राउ
• भवन भत्किएर पुरिँदा एक जनाको मृत्यु
• डाईभर्सन भत्किएपछि सवारी आवागमन अवरुद्ध
- Show Older
समाचार More+
एमाओवादी–मधेसी मोर्चा गठबन्धन संकटमा
मधेसी दलको छुट्टै कसरत
काठमाडौं, ९ जेठ (ओएनएस) : आगामी निर्वाचनमा सँगसँगै जाने गृहकार्य गरिरहेका एमाओवादी र मधेसी मार्चा बिचको सम्बन्ध टुट्ने अवस्थामा पुगेको छ । मधेसी मोर्चा आफ्नै संयुक्त गठबन्धन निर्माणमा लागेपछि एमाओवादी सँग उसको गठबन्धन संकटमा परेको हो । आगामी निर्वाचनमा मधेसवादी पार्टी संयुक्त रुपमा जाने भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका द..
विस्तृतमा
विश्वका कुन महिला कति शक्तिशाली ? (सूचीसहित)
काठमाडौं, ९ जेठ (एजेन्सी) : फोब्सले संसारका शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ । सूची अनुसार जर्मन चान्सलर एन्जेला मर्केल विश्व कै सबैभन्दा शक्तिशाली महिला बनेकी छन् । विश्वभरका १०० शक्तिशाली महिलाहरुको सूचीमा मर्केल पहिलो नम्बरमा परेकी हुन् । यस्तै दोस्रो नम्बरमा ब्राजिलकी राष्ट्रपति डिलमा रुसेफ छन् भने अमेरिकी समाजसेवी..
विस्तृतमा
निर्वाचनको मिति तोक्न हतारिएको छु : रेग्मी
काठमाडौं, ९ जेठ (ओएनएस) : अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलाराज रेग्मीले चुनावको मिति घोषणा गर्न आफु हतारिएको बताएका छन् । उनले निर्वाचनको मिति घोषणा छिट्टै हुने बताए । रिपोर्टस क्लव नेपालको ज्ञापनपत्र बुझ्दै अध्यक्ष रेग्मीले मुलुकको राजनीतिलाई ट्रयाकमा ल्याउन निर्वाचनको विकल्प नरहेको बताए । “नयाँ निर्वाचनको मिति घोषणा गर्दै जनताक..
विस्तृतमा
कसरी हुन्छ सहकारीको अनुगमन र नियमन ?
७५ मध्ये ३८ जिल्लामा डिभिजन कार्यालय
सानुभाई, काठमाडौं, ९ जेष्ठ (ओएनएस) : देशका पचहत्तरै जिल्लामा २७ हजार भन्दा बढी सहकारी संस्था सञ्चालनमा छन् । डिभिजन सहकारी कार्यालय भने जम्मा ३८ जिल्लामा मात्रै । सबै जिल्लामा डिभिजन कार्यालय नहुँदा दर्ता लगायतका सामान्य काम गर्न पनि छिमेकी जिल्लासम्म पुग्नुपर्ने बाध्यता छ । एउटा डिभिजन कार्यालयले तीन/चार वटा जिल्लाको दर्ता..
विस्तृतमा
- पाँच कञ्चनजंघा आरोहीको मृत्यु
- एड्सको औषधी पत्ता लाग्यो !
- एमाओवादीमाथि टिप्पणी गर्नु मुर्ख हुनु जस्तै : ओली
- निर्वाचनको तयारीमा लाग्न कोइरालाको निर्देशन
- सरकारले पूर्ववर्ती भट्टराई सरकारको निर्णय उल्टायो
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









