News

  • पहिरोले सडकमार्ग अवरुद्ध

    • Posted on: 2012-07-21

     

    देवचन्द्र भट्ट / नुवाकोट, ६ साउन (ओएनएस) : पासाङल्हामु मार्गको त्रिशूली-धुन्चे सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । सडकखण्डको राम्चे र फूलखर्क क्षेत्रमा अविरल वर्षाले पहिरो जादा यातायातका साधन रोकिनुका साथै पैदल यात्रामासमेत कठिनाई भएको छ । 
     
    अविरल वर्षातका कारण मूलखर्क, ग्राङखोला र राम्चेको तेम्राङ क्षेत्रको सडक पहिरोले क्षति पुर्‍याएको छ । हाल सडक मर्मतको कार्य भइरहेको साइट इन्चार्ज दीपेन्द्र खड्काले बताए । 
     
    उक्त स्थानको पहिरो व्यवस्थापन गर्न कुनै पनि निकायले ध्यान नदिंदा वर्षायाममा सधै समस्या हुदै आएको स्थानीय दावा तामाङले जानकारी दिए ।  २०४५ सालमा निर्मित सो सडक वर्षेनी पहिरोले अवरुद्ध पार्दै आएको छ । 
     
    साउनको दोश्रो साता हुने गोसाइकुण्ड मेला भर्न आउने तीर्थयात्रीलाई सुविधा दिन सडक मर्मतका लागि चासो दिन सम्बन्धित निकायसमक्ष आग्रह गरिएको गोसाइकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । संरक्षणप्रेमीहरूले भने प्राकृतिक धरातल कमजोर भएको सो क्षेत्रमा वर्षायामभर डोजर लगाउन र विस्फोटक पदार्थ प्रयोगको काम बन्द गर्न सुझाव दिएका छन् ।
     

Comments

समाचार More+

  • एमाओवादीमा सरकारको राजीनामाबारे बहस

    सरकार निर्वाचन केन्द्रित नभएको ठम्याई

    काठमाडौं, ८ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीमा सरकारको कार्यशैली चुनाव केन्द्रित नभएको भन्दै खिलराज रेग्मीको राजीनामा माग्नुपर्ने मत बलियो बन्न थालेको छ । सरकार सहमति निर्माण गरेर मिति घोषणा गर्ने भन्दा पनि ‘खुद्रा’ कुरामा अल्झिएको एमाओवादीका कतिपय नेताहरुको बुझाइ छ ।   एमाओवादीमा पहिले प्रधानन्यायाधिशलाई नेतृत्व दिँदा सहमत..
    विस्तृतमा

  • सर्वोच्चद्वारा प्रेस काउन्सिलविरुद्ध कारण देखाउ आदेश जारी

      काठमाडौं, ८ जेठ (ओएनएस) : सर्वोच्च अदालतले पे्रस काउन्सिल विरुद्ध परेको मानहानी सम्बन्धि रिटमा काउन्सिल र सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको एकल इजलासले काउन्सिलको प्रकाशन ‘संहिता’मा प्रकाशित सामाग्रीले मानहानी गरेको दावीसहित दायर रिटमा त्यस्तो सामाग्री प्रकाशन गर्नुको कारण पेश ग..
    विस्तृतमा

  • 'थ्रेसहोल्ड' मान्दैनौँ : आदिवासी जनजाति

      काठमाडौं, ८ जेठ (ओएनएस) : आदिवासी जनजाति महासंघले आगामी संविधानसभा निर्वाचनमा कुनैपनि हालतमा ‘थ्रेसहोल्ड’को व्यवस्था गर्न नहुने जनाएको छ ।    अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई बुधबार ज्ञापन पत्र बुझाउँदै महासंघको टोलीले ‘थ्रेसहोल्ड’ मान्य नहुने जनाएको हो । यस्तै आदिवासी जनजाति मह..
    विस्तृतमा

  • सप्तरीमा एक किशोरीको जलाएर हत्या

    बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका

    सप्तरी, ८ जेठ (ओएनएस) : सप्तरीको कोइलाडीमा एक किशोरीको जलेको शव फेला परेको छ ।  वर्साइन गाविस वडा नम्बर ५ स्थित जिता खोलाको किनारमा अन्दाजी १४÷१५ वर्षीया किशोरीको शव फेला परेको हो । सनाखत हुन नसकेकी यूवतीको अधिकांश शरिर जलेको छ ।  स्थानीयबासीहरुले ती किशोरीको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् । शवलाई पोस्टमार्ट..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal