News

  • ट्रकको ठक्करबाट भीम शाहीको मृत्यु

    • Posted on: 2012-07-21

    काठमाडौं, ६ साउन (ओएनएस) : धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा रहेका भीम शाहीको मृत्यु भएको छ ।

     

    म्याग्दीका ३० वर्षीय शाहीलाई विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दिँदा उपचारका क्रममा ललितपुरको स्टार अस्पतालमा मृत्यु भएको हो ।


    तरकारी लिएर विराटनगरबाट काठमाडौ जाँदै गरेको ना ३ ख ६०७४ नम्बरको ट्रकले ध १ प ४१३ नम्बरको मोटरसाइकलमा शाही थिए ।


    ठक्कर दिने ट्रक र चालक तथा मोटरसाईकल इलाका प्रहरी कार्यालय खानीखोलाको नियन्त्रणमा छ ।
     

Comments

समाचार More+

  • हककी पत्नीले गृहमन्त्रीसँग रुँदै भनिन् – बालबच्चाको पालनपोषण गर्दिनुस्

    दिलीप सिंह / सप्तरी, १० (ओएनएस) : हत्या गरिएका पूर्वसभासद सदरुल मियाँ हकको पत्नी नुरजहाँ खातुनले हत्यारा पत्ता लगाई कानुनी दायरामा ल्याउन, बालबच्चाको पालनपोषण तथा शिक्षा दिक्षाको प्रबन्ध मिलाइदिन गृहमन्त्री माधवप्रसाद घिमिरे आग्रह गरेकी छिन् ।   उनले आफ्ना पतिलाई राज्यले सुरक्षा दिन नसकेको कारण हत्या भएको भन्दै दोषीलाई..
    विस्तृतमा

  • चुनावको तयारीबारे संयन्त्रले रेग्मी र वार्ता टोलीसँग छलफल गर्ने

    काठमाडौं, जेठ १० (ओएनएस) : उच्चस्तरीय राजनीतिक समितिले निर्वाचन कानुन तयारीको प्रगतिबारे मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र सरकारी वार्ता टोलीसँग छलफल गर्ने भएको छ । नयाँ बानेश्वरस्थित समिति कार्यालयमा शुक्रबार बसेको बैठकले निर्वाचन कानुनमा सहमति जुटाउन सरकारले गरेको पहल र प्रगतिबारे जानकारी लिने भएको हो ।    संविधानसभा चुनावको म..
    विस्तृतमा

  • झारफुकको क्रममा बालकको मृत्यु

    पाँच धामी प्रहरी नियन्त्रणमा

    महोत्तरी, १० जेठ (ओएनएस) : महोत्तरीको हात्तीलेटमा उपचारको लागि चिकित्सककोमा लैजान नदिने धामी झाँक्रीहरुले झारफुक गर्दागर्दै एक बालकको ज्यान गएको छ । ज्यान जानेमा महोत्तरीको रामनगर ९ का १२ वर्षीय मदन मसाङ्गी छन् ।    आफूलाई पशुपतिबाबा बताउने मुख्य धामी पूजा लामाले आफ्नै घरको माथिल्लो तलामा स्थापना गरेको पूजा कोठामै बालकको ज्यान गएको..
    विस्तृतमा

  • प्रधानसेनापति र बेलायती सैनिक विद्यालयका प्रतिनिधि बीच भेट

    काठमाठौं, १० जेठ (ओएनएस) : प्रधानसेनापति महारथी गौरव शम्शेर जबरा र बेलायती सैनिक विद्यालयका प्रतिनिधिहरु बीच शुक्रबार भेटवार्ता भएको छ ।   राजधानीस्थित जंगी अड्डामा भएको भेटमा अनर्तराष्ट्रिय सुरक्षा, सुरक्षा रणनीति लगायतका विषयका कुराकानी भएको छ । भेटको अवसरमा व्यवस्था तथा नीति निर्देशकले नेपाली सेना सम्बन्धि व्रिफिङ्ग गरेका थिए । ..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal