News
-
राजा ज्ञानेन्द्रले २०६३ बैशाख ११ गते गरेको प्रतिनिधि सभा पुनस्थापनाको धोषणा
- Posted on: 2012-07-18
राजा ज्ञानेन्द्रको वैशाख ११, २०६३ को सम्बोधनप्यारा देशबासीहरु,नेपाल अधिराज्यको राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता एवम् राजकीय सत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयंगम गर्दै वर्तमान जनआन्दोलनमार्फत अभिव्यक्त भएको जनभावना एवम् आन्दोलनरत सात राजनीतिक दलको गठबन्धनको मार्गचित्रका आधारमा मुलुकमा जारी हिंसात्मक द्वन्द्वलगायत समग्र समस्याहरुको समाधान गर्न तत्कालीन प्रधानमन्त्रीको सिफारिशमा नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम २०५९ साल जेठ ८ गते विघटन भएको प्रतिनिधि सभालाई यसै घोषणामार्फत पुनस्थापित गरिबक्सेका छौं । बहुदलीय प्रजातन्त्रको रक्षा, स्थायी शान्ति, राष्ट्रिय एकता एवम् समृद्धिको बाटोतर्फ मुलुकलाई अघि बढाउने जिम्मेवारी बहन गर्न हामी आन्दोलनरत सात राजनीतिक दलहरुलाई आहृवान गर्दछौं । पुनस्थापित प्रतिनिधि सभाको बैठक २०६३ साल बैशाख १५ गते शुक्रबार दिनको १ बजे संसद्भवन, सिंहदरबारमा बस्ने गरी आहृवान गरिबक्सेका छौं । नेपाल र नेपालीको बृहत्तर हित यो संसद्बाट हुनेछ भन्ने हामीलाई विश्वास छ । जनआन्दोलनमा जीवन गुमाएकाप्रति समवेदना र घाइते एवम् आहत भएका सबैप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मुलुक दिगो शान्ति, प्रगति, पूर्ण प्रजातन्त्र र राष्ट्रिय एकतातर्फ अभिमुख हुने विश्वास प्रकट गर्दछौं ।श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन ।जय नेपाल
Comments
Other News
-
• बालिकालाई जवरजस्ती करणी गर्ने पक्राउ
• थाइ प्रधानमन्त्रीसँग सुजाताको भेट
• चट्याङ लागेर ६ जनाको मृत्यु
• कृष्णसारको वासस्थान शुक्लाफाँटा
• नवलपरासीमा मौरीपालन व्यवसाय
• चुरे संरक्षणका लागि चेतनामूलक कार्यक्रम
• पानी अभाव हुन नदिन चुहावट नियन्त्रण
• भरतपुरमा आगलागी, लाखौँको क्षति
• सल्लोको आम्दानीले स्थानीय दङ्ग
- Show Older
समाचार More+
अपडेट-दार्चुला सदरमुकाम अझै बग्दै
वैतडीमा एकै परिवारका ५ वेपत्ता
इन्द्र साउद/ दार्चुला ४ असार (ओएनएस) : दार्चुलामा महाकाली नदीले सदरमुकाम खंलंगा बगाउने क्रम रोकिएको छैन । बिहान सम्म घर र कार्यालय गरि करिव १ सय घर बगाएको छ ।
विस्तृतमा-
प्रमुख निर्वाचन आयुक्त र सरकार प्रमुखबीच भेट
काठमाडौं, ४ असार (ओएनएस) : भारत भ्रमणबाट फर्किएका प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मंगलबार विहान मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटी संविधानसभा निर्वाचनको तयारीबारे छलफल गरेका छन्।
विस्तृतमा
राष्ट्रपतिको उपचार जापानको टोकियो विश्वविद्यालय अस्पतालमा
काठमाडौं, ४ असार (ओएनएस) : ठूलो आन्द्रामा घाउ भएर विरामी परेका राष्ट्रपति डा. रामवरण यादव सोमबार परिवारसहित जापान प्रस्थान गरेका छन् । राष्ट्रपति यादव थाइ एयरको विमानमार्फत जापानको टोकियो प्रस्थान गरेका राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिए ।
विस्तृतमा
आक्रामक युवा दस्ता गठन गर्दै मुख्य दलहरु
‘हात भाँच्नेको टाउको फुटाउँछौं’
काठमाडौं, ३ असार (ओएनएस) : निर्वाचनको मिति घोषणासँगै प्रमुख दलहरु युवा दस्ता परिचालनका लागि गृहकार्यमा लागेका छन् । एमाओवादी, कांग्रेस र एमालेले आफ्ना युवा संगठनलाई निर्वाचन मोर्चाको पहिलो लाइनमा उभ्याउने तयारी गरेका हुन् ।
विस्तृतमा
- असन्तुष्ट दललाई वार्तामा आउन राजनीतिक समितिको आग्रह
- बाढीले बगाउँदा १५ जनाको मृत्यु
- सहमति र संयन्त्र भङ्ग हुँदैन : प्रचण्ड
- 'बर्षा अझै केह्री घण्टा घनघोर'
- असन्तुष्ट दलहरु छलफलमा
अन्तर्वार्ता More+
हामीलाई वार्तामा बोलाउने हैसियत रेग्मी सँग छैन : पम्फा भुषाल
प्रधानन्यायधिस हुँदा संविधानसभाको क्षेत्राधिकार माथि पनि हस्तक्षेप गरेर म्याद सम्म थप्न नदिने । अहिले संविधानलाई पुरै क्षेतविक्षेत पारेर मौका पाउँदा प्रधानमन्त्रीको कुर्चिमा बस्ने खिलाराज निष्पक्ष हुन्छन् भनेर यो देशमा कोही बच्चाले पनि पत्याउदैन ।
विस्तृतमा
- नेपाली नेता भारतको भ्रमण गर्नु मै आफ्नो शक्ति ठान्छन : डा. भेषबहादुर थापा
- ५ खर्ब ६ अर्बको बजेट आउँछ : नेपाल
- Norwegian model is absolutely unique - Nita Kapoor Director of FK Norway









