News
-
विदेश जाने कामदारको स्वास्थ्य परिक्षण शुल्क पाँच सय बढ्यो
- Posted on: 2012-07-18
काठमाडौं, ३ साउन (ओएनएस) : नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र स्वास्थ्य व्यवसायी महासंघले विदेश जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क पाँच सय रुपैयाँ बढाएका छन् । यो रकम बढेपछि विदेश जाने कामदारलाई अतिरिक्त भार बढाएका छन् ।वैदेशिक रोजगार विभागले स्वास्थ्य परीक्षण शुल्क बढाउँदा विदेश जाने कामदारलाई अतिरिक्त भार पर्न भन्दै पुर्नविचारको लागि आग्रह गरेको थियो । यो आग्रहलाई वेवास्ता गर्दै संघ र महासंघवीच सोमबार भएको छलफलमा विदेश जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क २५ सय पुर्याउने सहमति गरेका थिए ।बढाएको रकम भने संघ र महासंघको खातामा जानेछ । यो सहमति अनुसार पाँच सय रुपैयाँ मध्ये अढाई सय संघमा र अर्को अढाई सय महासंघको खातामा जानेछ । महासंघका अध्यक्ष प्रविन तिवारीले गुणस्तरीय सेवा दिन स्वास्थ्य परीक्षण शुल्क बढाइएको बताउँदै म्यानपावर व्यवसायीलाई कमिसन दिन बन्द गरिएको जानकारी दिए ।' हामीले स्वास्थ्य परीक्षण शुल्क गुणस्तरीय गर्न शुल्क बढाएका हौ,' उनले भने, 'यो शुल्क वृद्धिसँगै म्यानपावर व्यवसायीलाई कमिसन दिनेछैनौ र कुनै व्यवसायीले दिएको पाइएमा कारवाही गर्नछौ ।'उनका अनुसार यसअघि एक जना कामदार स्वास्थ्य परीक्षणमा पठाउँदा एक हजार रुपैयाँ कमिसन म्यानपावर व्यवसायीले पाउँदै आएका थिए । कमिसन दिएर स्वास्थ्य परीक्षण गर्दा कागजात मात्रै दिने चलन थियो । कुनै परीक्षण विनै सरकारले मान्यता दिएको स्वास्थ्य संस्थाले कागजात बनाइदिएको भरमा नेपाली कामदार विदेश जाने गरेका थिए । यसरी विदेशिएका नेपाली स्वास्थ्य परीक्षण असफल भएर फर्किने गरेका थिए ।
Comments
Other News
-
• मान्छे खाने बाघ आफै मेरेपछि (फोटो फिचर)
• सद्भावनाको अनशन स्थगित
• लेवनानमा नेपाली सैनिकको मृत्यु
• गोली हानी श्रीमानद्वारा श्रीमतीको हत्या
• नयाँ परीक्षा प्रणाली अनुसार सवारी ट्रायल सुरु
• जुम्लाका महिलाहरु सरसफाई अभियानमा
• नेकपा–माओवादीद्वारा बोर्डिङ कब्जा
• रुकुममा यार्सा संकलन आजबाट खुल्ला
• बागलुङको मकैवालीमा गवारोको समस्या
- Show Older
समाचार More+
करोडौं धन जम्मा गर्ने पाँच 'डन' विरुद्ध अदालतमा मुद्धा
कुन डनलाई कुन नेताको साथ
काठमाडौं, ५ जेठ (ओएनएस) : सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पाँच डन विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरको छ । गणेश लामासँग २७ करोड १ लाख भन्दा बढी रुपैयाँ बराबरको अवैध सम्पत्ति रहेको आरोपसहित विभागले आइतबार विशेषमा मुद्दा दायर गरेको हो । विजयकुमार गच्छदारसँग निकट फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लामासहित अरु चार ज..
विस्तृतमा
राप्रपा अध्यक्षमा थापा सर्वसम्मत
केन्द्रिय सदस्यका लागि निर्वाचन हुँदै
काठमाडौं, ५ जेठ (ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको राजधानीमा जारी एकताको महाधिवेशनले आलोपालो नेतृत्व गर्ने गरी चार जना नेताको अध्यक्ष मण्डल निर्माण गरेको छ । त्यस्तै महाधिवेशनले एकता पछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राख्ने निर्णय गरेको छ । अध्यक्षमण्डलमा सूर्यबहादुर..
विस्तृतमा
सर्वोच्चद्वारा डीआइजी बढुवा सदर
काठमाडौं, ५ जेठ (ओएनएस) : सर्वोच्च अदालतले प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई प्रहरी नायव महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णय सदर गरेको छ । न्यायाधीश सुशीला कार्की र कल्याण श्रेष्ठको संयुक्त इजलासले आइतबार यसअघि सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्नु भनि गरेको अन्तरिम आदेश खारेज गर्दै निर्णय सदर गरेको हो । एमाओवदी&n..
विस्तृतमा
चुनावका लागि साझा अवधारणा बनाउदै प्रचण्ड नेतृत्वको मोर्चा
काठमाडौं, ५ जेठ (ओएनएस) : एमाओवादी नेतृत्वको संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले चुनावमा कार्यगत एकता तयार पारिएको प्रतिवेदन माथि आजबाट छलफल सुरु गरेको छ । आजको बैठकमा त्यसबारे प्रस्ताव तयार गर्न बनेको समितिले आफ्नो प्रतिवेदन पेश गरेको थियो । एकीकृत माओवादीको पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको बैठकमा सचिवालयको तर्फबाट प्रव..
विस्तृतमा
- अखिल क्रान्तिकारीद्वारा १०५ उम्मेदवारको घोषणा
- सहमति जुटाउन दलहरुलाई रेग्मीको ताकेता
- प्रचण्ड नेतत्वको गठबन्धनको बैठक जारी
- चुनाव हुँदैन : बादल
- नेपाल र भारतका सेना सगरमाथा चढे
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









