News

  • विश्व जनसंख्या दिवस आज मनाईदै

    • Posted on: 2012-07-11

    काठमाडौं, २७ असार (ओएनएस) : विश्व जनसंख्या दिवश बुधवार विभिन्न कार्यक्रम गरी मनाईंदैछ । विश्वभरको जनसंख्या र त्यसको आवश्यकताका बारेमा चासो दिंदै हरेक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवश मनाउने गरिएको छ ।

     


    राष्ट्रसंघीय विकास कार्यक्रमको सञ्चालन परिषदले सन् १९८९ मा दिवश मनाउने तय गरेयता हरेक वर्ष जनसंख्या दिवश मनाईन्छ । दिवशको यसवर्षको नारा ँप्रजनन स्वास्थ्य सेवामा विश्वव्यापी पहुँच’ तय गरिएको छ । समान र न्यायोचित विश्व निर्माणमा प्रजनन स्वास्थ्यले खेल्ने महत्वपूर्ण भूमिकामा जोड दिन यो नारा तय गरिएको राष्ट्रसंघीय जनसंख्या कोषले जनाएको छ ।

    दिवशका अवसरमा सन्देश दिंदै संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले प्रजनन स्वास्थ्य सेवामा पहुँचको आवश्यकता बढी भएका मानिसहरुलाई सहयोग गर्न अझै धेरै काम गर्न बाँकी रहेको बताएको छ । मुनले प्रजनन स्वास्थ्य र अधिकार दिगो विकास र गरिबी निवारणका लागि महत्वपूर्ण रहेको भन्दै प्रजनन स्वास्थ्य सेवाको माग र आपूर्तिमा रहेको खाडल पुर्न पुलको रुपमा काम गर्न दिशामा तत्काल ठोस कदम चाल्न सदस्य राष्ट्रहरुलाई आग्रह गरेको छ ।
     

Comments

समाचार More+

  • सुन्दर जुम्ला ! (फोटोफिचर)

    समस्या भित्र सम्भावना

      काठमाडौं, ८ जेठ (ओएनएस) : पश्चिम नेपालको विकट जुम्ला समस्याको मात्र ठाउँ होइन सम्भावनाको स्रोत पनि हो । कर्णाली अञ्चलमा पर्ने जुम्ला प्राकृतिक रुपले निक्कै सुन्दर छ । हावापानी, अवस्थिति, पाखापखेरा, डाँडापाखा आदिले जुम्लालाई सँधै रमणिय बनाइराख्छन् ।   धेरैले जुम्ला नाम सुन्ने वित्तिकै समस्यै समस्याको खानी भनरे बुझ्ने गरेपनि यसको..
    विस्तृतमा

  • अर्थमन्त्री र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता

      काठमाडौं, ८ जेठ (ओएनएस) : अर्थमन्त्री शङ्करप्रसाद कोइराला र नेपालको लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत ग्लेन ह्वाइटबीच भेटवार्ता भएको छ ।   भेटमा अर्थमन्त्री कोइरालाले अस्ट्रेलियासँगको बढ्दो व्यापार घाटा कम गर्न नेपाली वस्तुको बजार फराकिलो बनाइदिन आग्रह गरेका छन् । कोइरालाले नेपाललाई दिने सहयोग वृद्धि गरेकामा अस्ट्रेलियाली सरक..
    विस्तृतमा

  • बलात्कारी कारागारमा

      काठमाडौं, ८ जेठ (ओएनएस) : भक्तपुरको छालिङ गाविसमा करणी गर्ने एकजनालाई कारागार चलान गरिएको छ ।   बुधबार जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि छालिङका ३१ वर्षीय आशालाल बाटालाई कारागार चलान गरिएको हो । भक्तपुरको छालिङ गाविस वडा नं. ३ की एक १४ वर्षीया किशोरीलाई उनले गत वैशाख १७ गते बलात्कार गरेका थिए ।  &nb..
    विस्तृतमा

  • सहकारीको पृष्ठभूमि वेबसाइटमा राख्न अर्थमन्त्रीको निर्देशन

      काठमाडौं, ८ जेठ (ओएनएस) : अर्थमन्त्री शंकर कोइरालाले सहकारी संस्थाहरुको पृष्ठभूमि वेबसाइटमा राख्न निर्देशन दिएका छन् ।  जनतासँग जोडिएका सबै कारोबार पारदर्शी हुनुपर्ने भन्दै उनले तत्काल इन्टरनेटमार्फत विवरण उपलब्ध गराउन निर्देशन दिएका हुन् ।    राजधानीमा बुधबार भएको एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री कोइरालाले युवा स्..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal