News
-
बेचिएका चेली परिवार मिलनमा
- Posted on: 2012-07-07
देवचन्द्र भट्ट / नुवाकोट,२३ असार (ओएनएस) : नुवाकोटको तीन गाविसबाट बेचिएका चेलीहरुलाई आफ्नो परिवारसंग पुनरमिलन गराइएको छ । एक संस्थाले विदुरमा कार्यक्रम गरेर हिन्दुस्तानमा वेचिएर फर्किएका चेलीहरुका परिवारसंग पुनर्मिलन गराएको हो ।
घ्याङफेदीको सिर्जनशील रेडपाण्डा महिला समूहले विदुरमा भेला गरी पुनर्मिलन गराएको हो । संस्थाले घ्याङफेदी, शिखरवेशी र गाउखर्क गाविसका १३ जना किशोरीहरुलाई परिवारसंग मिलन गराएको हो ।
ति चेलीहरु विभिन्न संघ संस्थाले उद्धार गरी काठमाडौंका पुनस्र्थापना केन्द्रहरुमा बसेर अध्ययन गरिरहेका किशोरीहरुलाई बेचविखन प्रभावित जिल्ला नुवाकोटको सदरमुकाम विदुरमा पहिलो पटक आफ्नै वपरिवारसंग पुनरमिलन गराएको हो ।कार्यक्रममा नुवाकोटका निमित्त प्रमुख जिल्ला अधिकारी सन्तोष पौडेलले भारतबाट उद्धारगरी ल्याइएका चेली र परिवारका सदस्यलाई खादा ओडाउदै मिलन गराईदिदा हर्षको रुवावासी चलेको थियो ।
पाच बर्ष पछि आफ्नो छोरीलाई सकुशल भेट्दा हर्षको औधी खुशी भएको घ्याङफेदी गाविस वडा नं.५ की माइली तामाङले बताईन् ।कार्यक्रममा आएका किशोरी तथा युवतीहरु १५ देखि १८ बर्ष बीचका थिए । उनीहरु सबैजना ११ र १२ बर्षको उमेरमा बेचिएका थिए । दुईबर्ष अघि नै विभिन्न संघसंस्थाले उद्धार गरी ल्याइएका उनीहरु अहिले काठमाडौंमा अध्ययन गरिरहेका छन् ।
संस्थाले आगामी दिनमा अन्य युवतीहरुलाई पनि परिवारसंग पुनर्मिलन गरेर उनीहरुलाई गाउमा विस्तारै आउन जान सक्ने वातावरणको बनाउदै लैजाने संस्थाकी सदस्य विनिता तामाङले जनाईन् ।गाउंबाट सानैमा बेपत्ता परिएका छोरीहरुलाई यसरी यो जुनीमा भेट्न पाइएला भन्ने नसोचेको अभिभावकहरुले बताएका छन् । संस्थाले भेट गराएर राम्रो काम गरेको उनीहरुको प्रतिक्रिया रहेको थियो ।
पुनर्मिलन कार्यक्रम नेपाली गृह र संरक्षक समूह नेपालको आर्थिक सहयोगमा भएको हो ।बेचविखन पीडितहरुलाई सार्वजनिक कार्यक्रम गरी परिवारमा पुनर्मिलन गरिएको नेपाल मै पहिलो पटक भएको संरक्षक समूह नेपालका निर्देशक श्याम पोखरेलले बताए ।
Comments
Other News
-
• १५ प्रजातिका नयाँ चरा थपिए
• सिर्जना प्रतिष्ठानको 'अनुपम' लोकार्पण
• पैँसट्ठी हजारमा सम्बन्धविच्छेद !
• गर्मीसँगै भेडेटारमा पर्यटक बढे
• मान्छे खाने बाघ आफै मरेपछि (फोटो फिचर)
• सद्भावनाको अनशन स्थगित
• लेवनानमा नेपाली सैनिकको मृत्यु
• गोली हानी श्रीमानद्वारा श्रीमतीको हत्या
• नयाँ परीक्षा प्रणाली अनुसार सवारी ट्रायल सुरु
- Show Older
समाचार More+
नेपालमा भारतीय कांग्रेसको पार्टी कार्यालय
दुतावासलाई समेत ठाडो निर्देशन
सरोज दाहाल / काठमाडौं, ६ जेठ (ओएनएस) : नेपालमा राजनीतिक तहबाट हुने कुनै पनि निर्णयमा भारतीय पक्षको भूमिका प्रमुख हुन्छ भन्ने कुरा राजनीतिक दलका नेताहरुले नैं स्वीकारेका छन् । यसको पछिल्लो उदाहरण बनेको छ कांग्रेस आइ को नेपालस्थित कार्यालय । नेपालमाथि भारतीय हस्तक्षेपको पुष्टि गर्दै सत्..
विस्तृतमा
पूर्वसभासद सदरुल मिया हकको घाँटी रेटेर हत्या
घटनास्थल तनावग्रस्त
काठमाडौं, ७ जेठ (ओएनएस) : सप्तरी क्षेत्र नं ५ का पूर्वसभासद् सदरुल मियाँ हकको सोमबार राति हत्या भएको छ । आफ्नै घरमा सुतिरहेको समयमा हकको घाँटी रेटेर हत्या भएको पत्रकार दिलीप सिंहले जनाएका छन् । सप्तरी जिल्लाको कल्याणपुर २ स्थित विसनापुर चोकमा रहेको आफ्नै पेट्रोलपम्प नजिकैको भवनको उपल्लो तलामा सुतिरहेको अवस्थामा उनको हत्या भएको थियो । ए..
विस्तृतमा
अमेरिकामा भिषण आँधी, ५१ जनाको मृत्यु
काठमाडौं, ७ जेठ (एजेन्सी) : अमेरिकाको आक्लाहोमामा आएको भिषण आँधीमा परी ५१ ज्नाको मृत्यु भएको छ । जस मध्ये २० जना बालबालिका छन् । प्रतिघण्टा तीन सय २० किलोमिटरको गतिमा आएको आँधीका कारण उक्त राज्य र आसपासका क्षेत्रमा ठुलो भौतिक क्षेति समेत भएको विविसीले जनाएको छ । धेरै विद्यालय र घरहरु भत्किएका छन् । कम्तिमा ए..
विस्तृतमा
नायिका निशा अधिकारी सगरमाथाको चुचुरोमा
दुई आरोहीको मृत्यु
काठमाडौं, ७ जेठ (ओएनएस) : नायिका निशा अधिकारी पनि चुचुरोमा पुग्न सफल भएकी छिन् । उनी आज बिहान ८ बजे सगरमाथाको चुचुरोमा पुगेको पर्यटन मन्त्रालयले जनाएको छ । चैत २७ गते काठमाडौंबाट सगरमाथा आरोहणको लागि प्रस्थान गरेकी निशाको टोलीमा १२ जना सगरमाथा आरोही थिए । अधिकारी आरोहीको सहयोगीको रुपमा सगरमाथा चुचुरोमा चढेकी हुन् । यसैबीच सगरमा..
विस्तृतमा
- नयाँ कार्यसमितिका लागि राप्रपामा मतगणना हुँदै
- सरकार र सद्भावना पार्टीबीच आज पनि वार्ता
- संविधानसभाका नाममा संसदीय चुनाव,प्रचण्डलाई भारतको गृहकार्य
- चीन र भारतबीच ८ सम्झौता
- त्रिवि र आरआरमा तालाबन्दी
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









