News
-
नुवाकोटको प्रमुख समस्या नै मानव वेचविखन
- Posted on: 2012-07-05
देवचन्द्र भट्ट / नुवाकोट, २१ असार (ओएनएस) : नुवाकोटको विदुरमा आयोजित कार्यक्रमका सहभागीहरुले नुवाकोटको प्रमुख समस्या नै मानव वेचविखन भएको बताएका छन् । बितेको एक वर्षमा नुवाकोटबाट ४८ महिला हराएको तथ्यांक सार्वजनिक भएको छ ।
नुवाकोटको विभिन्न गाविसहरुमा चेलिवेटी वेचविखन समस्या विकराल बन्दै गएको जनाउदै सरोकारवालाहरुले यसको दीर्घकालीन समाधानका लागि सामूहिक प्रतिवद्धता हुनुपर्ने कार्यक्रमका सहभागीहरुले बताएका छन् । गृह मन्त्रालयको आयोजनामा जिल्ला विकास समितिमा सम्पन्न लैङ्गक हिंसा र मानवअधिकार सम्वन्धी अन्र्तक्रियामा बोल्दै गृह मन्त्रालयका उपसचिव शम्भु घिमिरेले जिल्लाको पहिलो समस्या नै मावन वेचविखन भएकोले यसको समाधानका लागि सम्वन्धित सरोकारवालाहरु एकजुट हुनुपर्ने बताए ।
विभिन्न सात वटा संस्थाहरुले वेचविखन विरुद्ध सचेतनालगायतका कार्यक्रम सञ्चालन गर्दै आएपनि समन्वयको अभावमा ती कार्यक्रमहरु निष्प्रभावी भएको सरोकारवालाहरुले बताएका थिए । यस वर्ष नुवाकोटमा सात वटा मावन वेचविखनका मुद्दा दर्ता भएकोमा दुई वटा मुद्दा मात्र अदालतबाट फस्र्यौट हुन बाकी रहेको जनाइएको छ ।
नुवाकोटबाट वितेको एक वर्षमा ४८ जना महिला हराएकोमा ८ जना मात्र फेला परेका जनाइएको छ । २७ जना बालिका हराएकोमा ४ जना मात्र फेला परेको तथा ४७ वटा घरेलु हिंसा सम्वन्धि उजुरी परेकोमा ३६ वटा घटना मिलापत्र गरिएको, तीन वटा बहुविवाहको घटना दर्ता भएका छन् ।
सबै मुद्दाहरु हिंसासाग सम्वन्धित रहेकाले जिल्लामा वेचविखनका साथै हिंसाको समस्या बढिरहेको प्रहरीको दावी रहेको छ । नुवाकोटको घ्याङफेदी, शिखरवेसीलगायत २० भन्दा धेरै गाविसमा 'छोरी बेच्ने' चलन अहिलेसम्म पनि कायमै रहेकोले यसको रोकथामका लागि व्यापक जनचेतना फैलाउनुपर्ने सरोकारवालाहरुले बताएका थिए ।
Comments
Other News
-
• फर्जी विद्यार्थी विरुद्ध अनशन
• विद्यार्थी बीच झडप, २४ बढी घाइते
• हत्याको विरोधमा विराटनगर बन्द
• सगरमाथा हीरक महोत्स मनाइदै
• रिड नेपाललाई एक लाख अमेरिकी डलरको पुरस्कार
• हेलिकप्टर दुर्घटना भएको झुटो हल्ला गर्ने पक्राउ
• भवन भत्किएर पुरिँदा एक जनाको मृत्यु
• डाईभर्सन भत्किएपछि सवारी आवागमन अवरुद्ध
• १५ प्रजातिका नयाँ चरा थपिए
- Show Older
समाचार More+
-
एमाओवादी–मधेसी मोर्चा गठबन्धन संकटमा
मधेसी दलको छुट्टै कसरत
काठमाडौं, ९ जेठ (ओएनएस) : आगामी निर्वाचनमा सँगसँगै जाने गृहकार्य गरिरहेका एमाओवादी र मधेसी मार्चा बिचको सम्बन्ध टुट्ने अवस्थामा पुगेको छ । मधेसी मोर्चा आफ्नै संयुक्त गठबन्धन निर्माणमा लागेपछि एमाओवादी सँग उसको गठबन्धन संकटमा परेको हो । आगामी निर्वाचनमा मधेसवादी पार्टी संयुक्त रुपमा जाने भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका द..
विस्तृतमा
विश्वका कुन महिला कति शक्तिशाली ? (सूचीसहित)
काठमाडौं, ९ जेठ (एजेन्सी) : फोब्सले संसारका शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ । सूची अनुसार जर्मन चान्सलर एन्जेला मर्केल विश्व कै सबैभन्दा शक्तिशाली महिला बनेकी छन् । विश्वभरका १०० शक्तिशाली महिलाहरुको सूचीमा मर्केल पहिलो नम्बरमा परेकी हुन् । यस्तै दोस्रो नम्बरमा ब्राजिलकी राष्ट्रपति डिलमा रुसेफ छन् भने अमेरिकी समाजसेवी..
विस्तृतमा
कसरी हुन्छ सहकारीको अनुगमन र नियमन ?
७५ जिल्लामा सहकारी, ३८ मा डिभिजन कार्यालय
सानुभाई, काठमाडौं, ९ जेष्ठ (ओएनएस) : देशका पचहत्तरै जिल्लामा २७ हजार भन्दा बढी सहकारी संस्था सञ्चालनमा छन् । डिभिजन सहकारी कार्यालय भने जम्मा ३८ जिल्लामा मात्रै । सबै जिल्लामा डिभिजन कार्यालय नहुँदा दर्ता लगायतका सामान्य काम गर्न पनि छिमेकी जिल्लासम्म पुग्नुपर्ने बाध्यता छ । एउटा डिभिजन कार्यालयले तीन/चार वटा जिल्लाको दर्ता..
विस्तृतमा
गृहमन्त्री घिमिरे मियाँ हत्यास्थलमा, बन्द खुल्यो
तीनदिन सम्म बन्दको सास्ती (फोटोफिचर)
सप्तरी, जेठ ९ (ओएनएस) : पूर्वसभासद् सदरुल मियाँ हकको हत्या भएको तीन दिनपछि गृहमन्त्री माधव घिमिरे विहीबार घटनास्थल पुगेका छन् । स्थानीयबासीले गृहमन्त्री स्वयम् घटनास्थल उपस्थित हुनुपर्ने र आफ्ना माग पुरा गर्नुपर्ने माग राखेर यातायात बन्द गरेपछि गृहमन्त्री सप्तरीको कल्याणपुर पुगेका हुन् । पीडित परिवार तथा स्थानीयवासीले गृहमन्त्री..
विस्तृतमा
- पाँच कञ्चनजंघा आरोहीको मृत्यु
- एड्सको औषधी पत्ता लाग्यो !
- एमाओवादीमाथि टिप्पणी गर्नु मुर्ख हुनु जस्तै : ओली
- निर्वाचनको तयारीमा लाग्न कोइरालाको निर्देशन
- सरकारले पूर्ववर्ती भट्टराई सरकारको निर्णय उल्टायो
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









