News

  • अब जिल्लाबाटै मल वितरण हुने

    • Posted on: 2012-07-05

    काठमाडौं, २१ असार (ओएनएस) : कृषि सामग्री कम्पनी लिमिटेडले आफनो मुख्य कार्यालय काठमाडौबाट मल बिकि् वितरणको काम बिहीबारदेखि बन्द गरेको छ ।

     

    उपलब्धताको आधारमा बिभिन्न जिल्लामा रहेका सम्बन्धित संस्थाले नै मल वितरण गर्न कम्पनीले जनाएको छ । मलको अभाव बढेपछि जिल्ला जिल्लाबाट आएका किसानलाई कम्पनीले कुपनका आधारमा एक घरपरिवारका लागि एक बोराका दरले मल वितरण गरेको थियो ।

    एक हप्ताको अवधिमा १५ हजारको हाराहारीमा मलका बोरा वितरण गरेको कम्पनीले जनाएको छ । भारतबाट ल्याउने भनिएको १२ हजार ५ सय टन मलमध्ये नेपालमा २ हजार ५ सय टन मात्र आइपुगेको छ ।

    बिहीबार विराटनगरमा थप २ हजार ५ सय टन मल आउने कम्पनीले जनाएको छ । भारतबाट मल लोड भइसकेकाले अब बजारमा मलको अभाव हटने र किसानले सहज रुपमा मल पाउने कम्पनीको दाबी छ ।
     

Comments

समाचार More+

  • एमाओवादीमा सरकारको राजीनामाबारे बहस

    सरकार निर्वाचन केन्द्रित नभएको ठम्याई

    काठमाडौं, ८ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीमा सरकारको कार्यशैली चुनाव केन्द्रित नभएको भन्दै खिलराज रेग्मीको राजीनामा माग्नुपर्ने मत बलियो बन्न थालेको छ । सरकार सहमति निर्माण गरेर मिति घोषणा गर्ने भन्दा पनि ‘खुद्रा’ कुरामा अल्झिएको एमाओवादीका कतिपय नेताहरुको बुझाइ छ ।   एमाओवादीमा पहिले प्रधानन्यायाधिशलाई नेतृत्व दिँदा सहमत..
    विस्तृतमा

  • सर्वोच्चद्वारा प्रेस काउन्सिलविरुद्ध कारण देखाउ आदेश जारी

      काठमाडौं, ८ जेठ (ओएनएस) : सर्वोच्च अदालतले पे्रस काउन्सिल विरुद्ध परेको मानहानी सम्बन्धि रिटमा काउन्सिल र सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको एकल इजलासले काउन्सिलको प्रकाशन ‘संहिता’मा प्रकाशित सामाग्रीले मानहानी गरेको दावीसहित दायर रिटमा त्यस्तो सामाग्री प्रकाशन गर्नुको कारण पेश ग..
    विस्तृतमा

  • 'थ्रेसहोल्ड' मान्दैनौँ : आदिवासी जनजाति

      काठमाडौं, ८ जेठ (ओएनएस) : आदिवासी जनजाति महासंघले आगामी संविधानसभा निर्वाचनमा कुनैपनि हालतमा ‘थ्रेसहोल्ड’को व्यवस्था गर्न नहुने जनाएको छ ।    अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई बुधबार ज्ञापन पत्र बुझाउँदै महासंघको टोलीले ‘थ्रेसहोल्ड’ मान्य नहुने जनाएको हो । यस्तै आदिवासी जनजाति मह..
    विस्तृतमा

  • सप्तरीमा एक किशोरीको जलाएर हत्या

    बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका

    सप्तरी, ८ जेठ (ओएनएस) : सप्तरीको कोइलाडीमा एक किशोरीको जलेको शव फेला परेको छ ।  वर्साइन गाविस वडा नम्बर ५ स्थित जिता खोलाको किनारमा अन्दाजी १४÷१५ वर्षीया किशोरीको शव फेला परेको हो । सनाखत हुन नसकेकी यूवतीको अधिकांश शरिर जलेको छ ।  स्थानीयबासीहरुले ती किशोरीको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् । शवलाई पोस्टमार्ट..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal