News

  • सुत्केरी गराउँदा बच्चाको टाउको चुडियो

    • Posted on: 2012-07-05

    जनकपुर, २१ असार (ओएनएस) : प्रसूति गराउने चिकित्सकको लापरबाहीले जनकपुरस्थित धनुषा अस्पतालमा हिजो एक शिशुको ज्यान गएको छ ।

     

    धनुषा इनरुवा- ७ कजरारमौलकी २२ वर्षीया सविता यादवको सात महिनाको गर्भ डेलिभरी गराउने क्रममा शिशुको शिर नै चुाडिएर मृत्यु भएको हो । बाँकी शरीर डेढ घण्टापछि मात्र शल्यकि्रयाबाट निकालिएको छ । चिकित्सकका अनुसार सुत्केरीको अवस्था खतरामुक्त छ ।

    महिना नपुग्दै प्रशव पीडा भएपछि अस्पताल आएकी सविता बिहान साढे चार बजे धनुषा अस्पताल भर्ना भएकी थिइन् । अस्पतालमा विशेषज्ञ चिकित्सक थिएनन् । चार घण्टापछि साढे आठ बजेतिर अस्पतालकै एमबिबिएस चिकित्सक जयप्रकाश पण्डितले सबिताको पहिलो जाँच गरेका थिए ।

    पण्डितलाई सघाइरहेकी एक नर्सका अनुसार चिकित्सकले जाँच सुरु गर्दा नै पाठेघरको मुख खुलिसकेको थियो । पण्डितले तत्कालै मुख बन्द गर्न औषधी दिए पनि रोक्न नसकेपछि साढे १० बजेतिर आफैं लेबर रुम लगेको ती नर्से बताइन् । प्रसूति विज्ञबिनै पण्डितले जबरर्जस्ती बच्चा निकाल्न खोज्दा शिशुको टाउको छुटिटएको ती नर्सको भनाइ छ ।

    बिरामीको अवस्था असामान्य हुँदा विशेषज्ञ चिकित्सक बोलाउनुको साटो पण्डितले अस्पतालमै उपलब्ध नर्सको सहयोगमा असुरक्षित तरिकाले बच्चा निकाल्ने प्रयास गरेका थिए । घटनालगत्तै पण्डित फरार छन् ।
     

Comments

समाचार More+

  • संविधानसभाका नाममा संसदीय चुनाव,प्रचण्डलाई भारतको गृहकार्य

    खड्गबहादुर विश्वकर्मा

      खिलराज रेग्मीको नियुक्तिलाई हामीले प्रतिगमन कदम भन्यौ । सुरुमा धेरैले नपत्याए पनि लोकमान सिंहको नियुक्तिसम्म आईपुग्दा सबै छर्लङग भयो । यी घटनाक्रममा चार राजनीतिक दल जसरी देखिए पनि त्यो भारतीयहरुको चहना अनुसार चार दलले ल्याप्चे लगाउदै गएको भन्नेमा धेरै बिवाद नैं भएन । यस्ता विश्वास गर्नै नसकिने गरिका कदमले नेपाली जनतालाई साँच्चै आतंकित..
    विस्तृतमा

  • कालिमाटी तरकारी बजारको हरिबिजोग ! (फोटोफिचर)

    काठमाडौं, ६ जेष्ठ (ओएनएस) : कालीमाटी तरकारी बजार राजधानी काठमाडौंको तरकारी गोदामको रुपमा चिनिन्छ । तर यो तरकारी बजारको व्यवस्थापन निक्कै नाजुक छ । काठमाडौंका लाखौँ जनतालाई तरकारी पुर्याउने कालीमाटी तरकारी बजार पानी पर्ने वित्तिकै जलमग्न हुन्छ । काठमाडौंमा खपत हुने ७० प्रतिशत भन्दा बढी तरकारी आपुर्ति गर्ने बजार पानीमा डुब्दा समेत कालिमाटी फलफूल..
    विस्तृतमा

  • चीन र भारतबीच ८ सम्झौता

    सीमा विवाद अन्त्य गर्ने सहमति

    काठमाडौं, ६ जेठ (एजेन्सी) : चीन र भारत दुई देश बीचको सीमा विवाद अन्त्य गर्न सहमत भएका छन् । सीमा विवाद अन्त्य गर्ने सहमतिको साथसाथै दुई देशले आठवटा सम्झौता पनि गरेका छन् । भारत भ्रमणको क्रममा रहेका चिनियाँ प्रधानमन्त्री ली कचियाङ्ग र भारतीय प्रधानमन्त्री मनमोहनसिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका बीबीसीले जनाएको छ ।    सम्झौतापत्रि..
    विस्तृतमा

  • त्रिवि र आरआरमा तालाबन्दी

    फर्जी भर्ना फिर्ता नभए निर्वाचन हुन नदिने

    काठमाडौं, ६ (ओएनएस) : फर्जी विद्यार्थी भर्ना गरेको भन्दै नेकपा–माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु–क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस र राजधानीको रत्नराज्य क्याम्पसमा तालाबन्दी गरेको छ । उसले फर्जी रुपमा भर्ना भएका विद्यार्थीको भर्ना फिर्ता नभए देशभरका क्याम्पसमा तालाबन्दी गरी स्ववियु निर्वाचननै हुन नदिने जना..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

  • प्रचण्डसँग माया बसेको छ : रेखा थापा

    नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।

    विस्तृतमा
More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal