News
-
स्पोर्ट्स अवार्ड वितरण, पुरूष तर्फ शिवराम र तारादेवी महिलातर्फ २०६८ सालको उत्कृष्ट खेलाडी घोषित
- Posted on: 2012-07-04
काठमाडौ, २० असार (ओएनएस) : नेपाल खेलकुद पत्रकार मञ्चले यस वर्षको स्पोर्ट्स अवार्ड वितरण गरेको छ । राजधानीमा बुधबार विशेष कार्यक्रम आयोजना गरी अवार्ड वितरण गरिएको हो ।गल्फका शिवराम श्रेष्ठ र भारोत्तलनकी तारादेवी पुन वर्षको उत्कृष्ट खेलाडी बनेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको पल्सर स्पोटर्स अबार्डमा शिवराम पुरूषतर्पफ र तारादेवी महिलातर्फ २०६८ सालको उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
शिवरामले पौडीका शैलेश राणा, क्रिकेटका पारस खड्का, एथ्लेटिक्सका तिलकराम थारु र घोडचडीका ध्रुवप्रसाद अर्याललाई पछि पारे । २०६८ मा सर्बाधिक धन आर्जन गर्ने नेपाली खेलाडी शिवरामले सन् २०११-१२ को सिजनमा ११ मध्ये ७ प्रतियोगिताको उपाधि जितेका थिए । नेपालको सर्बाधिक प्रतिष्ठित सूर्य नेपाल मास्टर्स वर्ष २०६८ मा दुइ पटक आयोजना हुँदा दुवै पटक तेश्रो हुन सफल उनले प्रोफेसनल गल्फ टुर अफ इन्डियाको सन् २०१२ को छनोटमा बिदेशीतर्फ दोश्रो हुँदै ‘फुल कार्ड’ लिन सफल भएका थिए ।
यस्तै भारोत्तलन तारादेवी पुन वर्षको उत्कृष्ट महिला खेलाडी बनेकी छिन् । उनले एथ्लेटिक्सकी प्रमिला रिजा, पौडीकी श्रेया धिताल, टेबलटेनिस नवीता श्रेष्ठ र ब्याडमिन्टनकी नङ्गशलदेवी तामाङलाई पछि पारिन् । छैटौं राष्ट्रिय खेलकुद अन्तर्गत भारोत्तलनको ६९ केजीमा क्लिन एन्ड जर्कमा ९१ केजी र कूल तर्फ १ सय ५७ केजी उचाल्दै नयाँ कीर्तिमान बनाएकी तारादेवी
छैठौं राष्ट्रिय खेलकुदमा स्ट्रङगेस्ट वुमन घोषित भएकी थिएन् । नेपालगञ्जमा सम्पन्न प्रथम दक्षिण एसियाली भारोत्तोलन च्याम्पियनशिपमा स्वर्ण जितेकी उनले प्रथम खुल्ला भारोत्तोलन ग्राँपिमा पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण हात पारेकी थिइन् ।
यसैगरी १९ वर्षमुनीको राष्ट्रिय क्रिकेट टोलीका कप्तान पृथु बास्कोटा यस वर्षको उत्कृष्ट युवा खेलाडी घोषित भएका छन् । उनले महिला क्रिकेटकी रुविना क्षेत्री, एथ्लेटिक्सका सिद्धान्त अधिकारी र विश्वरुपा बुढा तथा पौडीका शिरिष गुरुङलाई पछि पारे ।
पृथु आयरल्यान्डमा नेपाललाई आइसिसी यु-१९ विश्वकप छनोटमा उपविजेता बनाई छैटौं पटक यु-१९ विश्वकपमा छनोट गराउने कप्तान हुन् । ९ विकेट लिएका उनले १ सय ५५ रन बनाएका थिए । एसिसी ट्वान्टी-२० र विश्व ट्वान्टी-२० छनोटमा नेपाली टोलीबाट खेलेका उनले एसिसी ट्वान्टी-२० मा कुवेतमाथि १ रनको जीत निकाल्ने अन्तिम ओभरमा ३ विकेट लिन सफल भएका थिए । उनले विश्व ट्वान्टी-२० मा ८३ रन र २ विकेटको योगदान दिए । पृथु नेपाल एपिएफ क्लब एकदिवसीय राष्ट्रिय र छैटौं राष्ट्रिय खेलकुदमा विजेता बन्दा महत्वपूर्ण खेलाडी थिए ।
यस्तै वर्षको उत्कृष्ट प्रशिक्षक क्रिकेटका जगत टमाटा घोषित भए । उनले क्रिकेटकै पुवुदु दसानायक र नवीन सिंह तथा जुडोका वीरबहादुर राना र पौडीका इश्वर कार्कीलाई पछि पारे । नेपाल आइसिसी यु-१९ विश्वकप छनोटमा उपविजेता भई छैटौं पटक विश्वकपका लागि छनौट हुँदा नेपाली टोलीका प्रशिक्षक थिए । सन् २००० देखि २००८ सम्म लगातार चार पटक आइसिसी यु-१९ विश्वकप खेलेको नेपाल २०१० भने छनोट हुन सकेन । टमाटाकै प्रशिक्षणमा नेपाल पुनः यु-१९ विश्वकपको ट्रयाकमा आउन सफल भएको हो । नेपाललाई यु-१९ को विश्वकपमा छनोट गराउने टमाटा केवल दोस्रो घरुल प्रशिक्षक हुन् ।
भलिबलकी रमिला तन्डुकार वर्षको लोकपि्रय खेलाडी बनेका छन् । उनले एथलेटिक्सकी सविता चौधरी, फुटबलका भरत खवास, क्रिकेटका शक्ति गौचन र टेनिसकी अस्लेसा लिसानेविचलाई पछि पारे । एसएमएस भोटका आधारमा लोकपि्रय खेलाडी छनोट गरिएको थियो । रमिलाले ४४ हजार २ सय ४५ भोट पाइन भने दोस्रो स्थानमा रहेका भरतले ३८ हजार ९ सय ५८ तथा तेस्रो स्थानमा रहेका शक्तिले २४ हजार १ सय ८६ भोट पाएका छन् ।
यस्तै लाइफ टाइम अचिभमेन्ट अवार्ड नेपालका प्रथम ओलम्पियन भुपेन्द्र शिलवाललाई प्रदान गरिएको छ । यसैगरी पाराएथ्लेट वर्ष खेलाडी शर्मीला लामिछाने र स्पेशल अवार्ड अफ दि इयरको उपाधि रतन टन्डनलाई प्रदान गरिएको छ ।
वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र पपुलर प्लेयर अफ द इयरले बजाज पल्सर मोटरसाइकल जितेका छन् भने अन्य विधाका विजेताले ३०-३० हजार हात पारेका छन् ।
Comments
Other News
-
• सिर्जना प्रतिष्ठानको 'अनुपम' लोकार्पण
• पैँसट्ठी हजारमा सम्बन्धविच्छेद !
• गर्मीसँगै भेडेटारमा पर्यटक बढे
• मान्छे खाने बाघ आफै मरेपछि (फोटो फिचर)
• सद्भावनाको अनशन स्थगित
• लेवनानमा नेपाली सैनिकको मृत्यु
• गोली हानी श्रीमानद्वारा श्रीमतीको हत्या
• नयाँ परीक्षा प्रणाली अनुसार सवारी ट्रायल सुरु
• जुम्लाका महिलाहरु सरसफाई अभियानमा
- Show Older
समाचार More+
कालिमाटी तरकारी बजारको हरिबिजोग ! (फोटोफिचर)
काठमाडौं, ६ जेठ (ओएनएस) : कालीमाटी तरकारी बजार राजधानी काठमाडौंको तरकारी गोदामको रुपमा चिनिन्छ । तर यो तरकारी बजारको व्यवस्थापन निक्कै नाजुक छ । काठमाडौंका लाखौँ जनतालाई तरकारी पुर्याउने कालीमाटी तरकारी बजार पानी पर्ने वित्तिकै जलमग्न हुन्छ । काठमाडौंमा खपत हुने ७० प्रतिशत भन्दा बढी तरकारी आपुर्ति गर्ने बजार पानीमा डुब्दा समेत कालिमाटी फलफूल तथ..
विस्तृतमा
नयाँ कार्यसमितिका लागि राप्रपामा मतगणना हुँदै
काठमाडौं, ७ जेठ (ओएनएस) : राप्रपा र राजपा एकता महाधिवेसन पछि चुनिने नयाँ कार्यसमितिका लागि गएराती अवेर मतदान सकिएको छ । अहिले बिहानबाट मतगणना हुँदैछ । राप्रपा र राजपा एकता महाधिवेशनबाट पार्टीको नाम राप्रपा नै राख्ने सहमति भइसकेको छ । ७१ जनाको केन्द्रिय समितिको लागि १ सय ४७ जनाले उम्मेदवारी दिएका थिए । मतदानमा २१ सय १४ जना प्रतिनिधिले भाग..
विस्तृतमा-
सरकार र सद्भावना पार्टीबीच आज पनि वार्ता
काठमाडौं, ७ जेठ (ओएनएस) : सरकार र सदभावना पार्टीबीच आज पनि वार्ता हुँदैछ । सरकारी वार्ता टोली र सद्भावना नेतृत्वबीच वार्ता सद्भावनाले उठाएका मुद्दामा छलफल हुनेछ । हिजोको वार्तामा सहमति नभएपछि आज फेरि वार्ता हुन लागेको हो । सद्भावनाले संविधानसभा चुनावको मिति तोक्नुपर्ने, कोसी सम्झौताअनुसार सप्तरीमा विद्यूत आपूर्ती हुनुपर्ने लगायतका माग राखि ५ द..
विस्तृतमा
संविधानसभाका नाममा संसदीय चुनाव,प्रचण्डलाई भारतको गृहकार्य
खड्गबहादुर विश्वकर्मा / खिलराज रेग्मीको नियुक्तिलाई हामीले प्रतिगमन कदम भन्यौ । सुरुमा धेरैले नपत्याए पनि लोकमान सिंहको नियुक्तिसम्म आईपुग्दा सबै छर्लङग भयो । यी घटनाक्रममा चार राजनीतिक दल जसरी देखिए पनि त्यो भारतीयहरुको चहना अनुसार चार दलले ल्याप्चे लगाउदै गएको भन्नेमा धेरै बिवाद नैं भएन । यस्ता विश्वास गर्नै नसकिने गरिका..
विस्तृतमा
- चीन र भारतबीच ८ सम्झौता
- त्रिवि र आरआरमा तालाबन्दी
- राप्रपामा ६९ केन्द्रीय सदस्यका लागि १४७ को उम्मेदवारी
- इराकमा कार बम विस्फोट, कम्तिमा २६ को मृत्यु
- एन्फालाई ६ हजार डलर जरिवाना
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









