News
-
रुविना बनिन् मेधावी खेलाडी
- Posted on: 2012-07-01
काठमाडौ, १७ असार (ओएनएस) : शहिद दशरथ चन्द मेधावी खेलाडी-२०६८ को सर्वोत्कृष्ट खेलाडीको उपाधी यु-१९ क्रिकेटकी कप्तान पूर्वाञ्चल झापाकी रुविना क्षेत्रीले प्राप्त गरेकी छिन् ।
उनलाई भूतपूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले १५ हजार एक सय एक रुपैयाँ नगद सहित प्रशंसा पत्रद्वारा सम्मान गरे । रुबिनालाई यो उपाधी एसिसी यु-१९ क्रिकेटमा नेपाललाई लगातार तीन पटक उपाधी दिलाउन सफल भएका कारण प्रदान गरिएको हो ।
शहिद दशरथ चन्दको ११० औं जन्म जयन्ती तथा दशरथ चन्द मेमोरियल ट्रष्टद्वारा स्थापित मेधावी खेलाडी २०६८ प्रतिभा पुरस्कारको उत्कृष्ट खेलाडीहरुमा मध्यमाञ्चलबाट काठमाडौका सरोज महर्जन परेका छन् । ६० केजी तौल समूहमा उनले पाकिस्तानको ईस्लामावादमा सम्पन्न दक्षीण एशियाली जुडो च्याम्पियनसिपमा ब्यक्तिगत र टिममा स्वर्ण पदक प्राप्त गरेका थिए ।
पश्चिमाञ्चलबाट म्याग्दीकी भारत्तोलनकी तारदेवी पुन छिन् । उनले ६९ केजी तौलमा नेपालगंजमा आयोजित प्रथम दक्षीण एशियाली भारोत्तलन प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्न सफल भएकी थिईन् ।
यसैगरी मध्यपश्चिमाञ्चलबाट नेपालगंजका जुडो खेलाडी रोहीत कार्की छन् । उनले ६० केजी तौलमा काठमाडौमा आयोजित दक्षीण एशियाली क्याडेट जुडो च्याम्पियनसिपमा स्वर्ण पदक प्राप्त गरेका थिए ।सुदूरपश्चिमाञ्चलबाट कञ्चनपुरकी भारोत्तलन खेलाडी चम्पा ठकुल्ला रहेकी छिन् । उनले ७५ केजी तौलमा नेपालगंजमा आयोजित प्रथम दक्षीण एशियाली भारोत्तलन प्रतियोगितामा रजत र कास्य पदक प्राप्त गर्न सफल भएकी थिईन् ।
उत्कृष्ट खेलाडीहरुले १० हजार एक सय एक रुपैयाँ नगद सहित प्रशंसा पत्र प्राप्त गरे ।
Comments
Other News
-
• सिरहामा छुट्टाछुट्टै दुर्घटना, दुईको ज्यान गयो
• भोजको विषयमा झडप हुँदा एक दर्जन घाइते
• मृतक भनिएका जीवितै भेटिए
• बेहुली लिन गएको जीप दुर्घटना भएपछि..
• किरातहरूको साकेला उभौली आजदेखि
• अवैध हतियारसहित तीन पक्राउ
• गोविन्द मैनालीलाई झण्डै ६ करोड क्षतिपूर्ति
• घुम्ती शिविरबाट गाउँलेको ४० लाख बचत
• ट्रकको ठक्करबाट एक युवतीको मृत्यु
- Show Older
समाचार More+
उच्चस्तरीय राजनीतिक समिति र सरकारबीच छलफल जारी
निर्वाचन ऐनका विवाद मिलाउने प्रयास
काठमाडौं, १२ जेठ (ओएनएस) : निर्वाचन कानुनका विषयमा सहमति खोज्न उच्चस्तरीय राजनीतिक समितिमा रहेका प्ररमुख चार राजनीतिक दल र सरकारबीचको छलफल सुरु भएको छ । उच्चस्तरीय राजनीतिक समितिका शीर्ष नेता र चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीबीच निर्वाचन कानुनमा सहमति गरि चुनावको मिति तोक्ने विषयमा निर्णायक वार्ता भइरहेको छ । विभिन्न दलसँग सर..
विस्तृतमा
माओवादी हमलामा कँग्रेसका नेता सहित १६ को मृत्यु
मारिनेमा राजनीतिक नेतासंगै सुरक्षाकर्मी
काठमाडौं, १२ जेठ (ओएनएस): भारतमा माओवादी विद्रोहीको आक्रमणमा कँग्रेस आईका नेता सहित १६ जनाको मृत्यु भएको छ । भारतको छत्तिसगढ राज्यमा माओवादी गएराती आक्रमण गर्दा कँग्रेस आइका महेन्द्र कर्मासहित १६ जना मारिएका छन् । पूर्व मुख्यमन्त्री सहित १२ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा राजनीतिक नेतासंगै सुरक्षाकर्मी समेत रहेका छन । छत्तिसगढको बस्तर जिल..
विस्तृतमा-
राजमार्ग अवरुद्ध सयौ यात्रु बाटोमा अलपत्र
नवलपरासी, १२ जेठ (ओएनएस):पटक पटक अवरुद्ध हुँदै आएको पूर्व पश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्ड फेरि अवरुद्ध भएको छ । बाढीले डाइभर्सन भत्काएपछि पूर्व पश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डमा पर्ने नवलपरासीको लोकाहामा यातायात अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि दर्जनौ यातायातका सयौ यात्रु अलपत्र परेका छन् । गएरातीको बाढीले चार दिनअघि..
विस्तृतमा
सरकारको कार्यशैलीप्रति एमाओवादी असन्तुष्ट
मंसिरमा चुनाव नगरे औचित्य सकिने चेतावनी
काठमाडौं, ११ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीदले खिलराज रेग्मी नेतृत्वको सरकारप्रति असन्तसुष्टि जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले सरकार निर्वाचन बाहेकका काममा केन्द्रित भएको आरोप लगाए । उनले तोकिएकै समयमा निर्वाचन गराउन सरकारलाई सुझाव दिँदै त्यसपछि औचित्य समा..
विस्तृतमा
- ठाकुरको चियापानमा मुख्य नेता आएनन्
- गुण्डा नाइके गणेश लामा सम्पर्कविहीन
- पार्टी एकताको प्रयास जारी : दाहाल
- नेपाल इस्टुको राष्ट्रिय महाधिवेशन जेठ २५ र २६ गते
- देशभक्त माथि थ्रिस्टारको प्रभावशाली जित
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









