News
-
पहिरोले बगाएर एक महिलाको मृत्यु
- Posted on: 2012-06-27
ताप्लेजुङ, १३ असार (ओएनएस) : ताप्लेजुङको मेहेलेमा गएराति गएको पहिरोले बगाएर एक महिलाको मृत्यु भएको छ ।
पहिरो जाँदा बेपत्ता मेहेले १ की ५० वर्षीया मनकुमारी राई मृत अवस्थामा फेला परेकी स्थानीय खुवा निमावीका शिक्षक जीवन राईले बताए । मृतक मनकुमारीका छोरा वीरेन्द्र गम्भिर अवस्थामा फेला परेका छन् ।
बाबु चतुरामान जेठा छोराको घरमा गएको र घरमा आमा छोरा मात्रै भएको बेला पहिरोले घर बगाएको थियो । मृतक मनमायाको शव ५ सय मिटर तल फेला परेको थियो । पाँच दिनदेखिको अविरल वर्षीयका कारण पहिरोले चतुरमान तथा गुमानसिहं राईको भान्सा घर पुरेको छ । पानी परिरहेकाले अझै पहिरो रोकिएको छैन ।
Comments
Other News
-
• विद्यार्थी बीच झडप, २४ बढी घाइते
• हत्याको विरोधमा विराटनगर बन्द
• सगरमाथा हीरक महोत्स मनाइदै
• रिड नेपाललाई एक लाख अमेरिकी डलरको पुरस्कार
• हेलिकप्टर दुर्घटना भएको झुटो हल्ला गर्ने पक्राउ
• भवन भत्किएर पुरिँदा एक जनाको मृत्यु
• डाईभर्सन भत्किएपछि सवारी आवागमन अवरुद्ध
• १५ प्रजातिका नयाँ चरा थपिए
• सिर्जना प्रतिष्ठानको 'अनुपम' लोकार्पण
- Show Older
समाचार More+
'खलंगामा हमला'
'टाउकोमाथि गोली बर्सिएजस्तो लाग्यो'
...त्यसपछि किताबमा पटक्कै ध्यान गएन । दाइभाउजूको कोठातिर कान थापेँ । केही सुनिएन । सबैतिर सामसुम्म छ । मुटु ढुकढुक गर्न थाल्यो । उठेँ । किताब त्यत्तिकै तकियामाथि राखेँ । खाटमा टुक्रुक्क बसेँ । को होला बाहिर ? यो कफ्र्यूमा को हिँडिरहेको होला ? भर्खरै त्यहाँबाट आएको ! केही थिएन ! गस्तीमा हिँडेका प्रहरी हुन् कि ? कतै माओवादीहरू त आएनन् ? ..
विस्तृतमा
अपडेट : दार्चुला बस दुर्घटनामा मर्नेको संख्या ८ पुग्यो
दार्चुला, ९ जेठ (ओएनएस) : दार्चुलाको गोकुलेश्वर ६ ठुलीशैनमा विहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ भने ३५ जना घाइते भएका छन् । मृत्यु हुनेमा बसका मालिक महेन्द्रनगरका कृष्ण भट्ट, बस चालक करनसिंह साउद , दार्चुला खरकडा गाविस वडानम्वर ९ का मोतीराम भट्ट, शर्मालीका गोपालसिंह बोहरा रहेका छन ।  ..
विस्तृतमा
गेर्खा कप आजबाट सुरु हुँदै
काठमाडौं, ९ जेठ (ओएनएस) : साविकको ब्रिटिस गोर्खा कप फुटबल विहीबार गोर्खा कपको रुपमा शुरु हुदैछ । राजधानीको दशरथ रंगाशालामा हुने प्रतियोगिताको पहिलो खेलमा सरस्वती क्लव र मछिन्द्र क्लव भिड्ने छन् । त्यस्तै आजै हुने अर्को खेलमा नेपाल पुलिु क्लव र झापाको मुनाल क्लव एक अर्का विरुद्ध मैदानमा उत्रने छन् । दोस्रो खेल एन्फा टेक्निकल मैदानमा हुनेछ..
विस्तृतमा
एमाओवादीको माग नसुन्न रेग्मीलाई कांग्रेस-एमालेको दवाव
'थ्रेसहोल्ड' आफुले भने अनुसार गर्न सुझाव
काठमाडौं, ९ जेठ (ओएनएस) : ‘थ्रेसहोल्ड’ राख्नु हुँदैन भनेर एमाओवादीले राखेको अडान नमान्न नेपाली कांग्रेस र नेकपा एमालेले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई दवाव दिएका छन् । बुधबार राती रेग्मीकै सरकारी निवास बालुवाटार पुगेर कांग्रेस र एमालेले संविधानसभामा समानुपातिक तर्फबाट प्रतिनिधित्वको लागि..
विस्तृतमा
- मधेसी मोर्चा छुट्टै प्रजातान्त्रिक गठबन्धनको तयारीमा
- सरकार सचिवहरुको सरुवा गर्दै मन्त्रिपरिषद् जारी
- शिक्षक परिक्षा आजबाट सुरु हुँदै, झण्डै ५ लाख सहभागि
- 'थ्रेसहोल्ड' मान्दैनौँ : आदिवासी जनजाति
- सप्तरीमा एक किशोरीको जलाएर हत्या
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









