News
-
हिरासतमा महिलामाथि हुने यातना बढदो
- Posted on: 2012-06-25
काठमाडौ, ११ असार (ओएनएस) : प्रहरी हिरासतमा महिलामाथि हुने यातना तथा अमानवीय व्यवहार निरन्तर बढिरहेको एउटा प्रतिवेदनले देखाएको छ ।यातनाविरुद्धको अन्तर्राष्ट्रिय दिवस (२६ जुन) को पूर्वसन्ध्यामा सोमबार एड्भोकेसी फोरम नेपालले सार्वजनिक गरेको नेपालमा महिलामाथिको यातनाः कानूनी अस्पष्टता र महिलाका पीडाप्रति राज्यको उदासीनता नामक प्रतिवेदनले प्रहरी हिरासतमा यातना पाउनेहरुको संख्या बढ्दै गएको देखाएको हो ।प्रतिवेदनले यातनापीडित महिलाहरुको आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएपनि त्यसलाई पूरा गर्न सरकार असफल भएको प्रतिवेदनमा उल्लेख छ ।अध्ययन अनुसार, सन २०११ मा प्रहरी हिरासतमा हुने दुव्र्यवहारमा ५ प्रतिशतले बृद्धि भएको छ । एड्भोकेसी फोरमले भेटेका महिला थुनुवामध्ये १५.४ प्रतिशतले आफूहरूमाथि यातना, क्रुर अमानवीय व्यवहार वा अन्य दुव्र्यवहार भएको बताएका थिए ।यो प्रवृत्तिलाई अर्धवार्षिक आधारमा विश्लेषण गर्ने हो भने अझ भयावह दृश्य आउँछ,’ प्रतिवेदनमा भनिएको छ ।यस बर्ष पनि एड्भोकेसी फोरमले २० जिल्लाका ५७ थुनास्थलमा ४ हजार २ सय ४७ जना थुनुवालाई भेटेको थियो । जसमा ३ हजार ८ सय २८ पुरुष, ८ सय ४८ जना नाबालक र ४ सय १९ जना महिला थिए ।पुरुष थुनुवामध्ये २५.६ प्रतिशत र महिलामध्ये १५.४ प्रतिशतले आफूहरूलाई यातना दिइएको वा दुव्र्यवहार गरिएको भनी दाबी गरेका थिए ।
Comments
Other News
-
• १५ प्रजातिका नयाँ चरा थपिए
• सिर्जना प्रतिष्ठानको 'अनुपम' लोकार्पण
• पैँसट्ठी हजारमा सम्बन्धविच्छेद !
• गर्मीसँगै भेडेटारमा पर्यटक बढे
• मान्छे खाने बाघ आफै मरेपछि (फोटो फिचर)
• सद्भावनाको अनशन स्थगित
• लेवनानमा नेपाली सैनिकको मृत्यु
• गोली हानी श्रीमानद्वारा श्रीमतीको हत्या
• नयाँ परीक्षा प्रणाली अनुसार सवारी ट्रायल सुरु
- Show Older
समाचार More+
नेपालमा भारतीय कांग्रेसको पार्टी कार्यालय
दुतावासलाई समेत ठाडो निर्देशन
सरोज दाहाल / काठमाडौं, ६ जेठ (ओएनएस) : नेपालमा राजनीतिक तहबाट हुने कुनै पनि निर्णयमा भारतीय पक्षको भूमिका प्रमुख हुन्छ भन्ने कुरा राजनीतिक दलका नेताहरुले नैं स्वीकारेका छन् । यसको पछिल्लो उदाहरण बनेको छ कांग्रेस आइ को नेपालस्थित कार्यालय । नेपालमाथि भारतीय हस्तक्षेपको पुष्टि गर्दै सत्..
विस्तृतमा
पूर्वसभासद सदरुल मिया हकको घाँटी रेटेर हत्या
घटनास्थल तनावग्रस्त
काठमाडौं, ७ जेठ (ओएनएस) : सप्तरी क्षेत्र नं ५ का पूर्वसभासद् सदरुल मियाँ हकको सोमबार राति हत्या भएको छ । आफ्नै घरमा सुतिरहेको समयमा हकको घाँटी रेटेर हत्या भएको पत्रकार दिलीप सिंहले जनाएका छन् । सप्तरी जिल्लाको कल्याणपुर २ स्थित विसनापुर चोकमा रहेको आफ्नै पेट्रोलपम्प नजिकैको भवनको उपल्लो तलामा सुतिरहेको अवस्थामा उनको हत्या भएको थियो । ए..
विस्तृतमा
अमेरिकामा भिषण आँधी, ५१ जनाको मृत्यु
काठमाडौं, ७ जेठ (एजेन्सी) : अमेरिकाको आक्लाहोमामा आएको भिषण आँधीमा परी ५१ ज्नाको मृत्यु भएको छ । जस मध्ये २० जना बालबालिका छन् । प्रतिघण्टा तीन सय २० किलोमिटरको गतिमा आएको आँधीका कारण उक्त राज्य र आसपासका क्षेत्रमा ठुलो भौतिक क्षेति समेत भएको विविसीले जनाएको छ । धेरै विद्यालय र घरहरु भत्किएका छन् । कम्तिमा ए..
विस्तृतमा
नायिका निशा अधिकारी सगरमाथाको चुचुरोमा
दुई आरोहीको मृत्यु
काठमाडौं, ७ जेठ (ओएनएस) : नायिका निशा अधिकारी पनि चुचुरोमा पुग्न सफल भएकी छिन् । उनी आज बिहान ८ बजे सगरमाथाको चुचुरोमा पुगेको पर्यटन मन्त्रालयले जनाएको छ । चैत २७ गते काठमाडौंबाट सगरमाथा आरोहणको लागि प्रस्थान गरेकी निशाको टोलीमा १२ जना सगरमाथा आरोही थिए । अधिकारी आरोहीको सहयोगीको रुपमा सगरमाथा चुचुरोमा चढेकी हुन् । यसैबीच सगरमा..
विस्तृतमा
- नयाँ कार्यसमितिका लागि राप्रपामा मतगणना हुँदै
- सरकार र सद्भावना पार्टीबीच आज पनि वार्ता
- संविधानसभाका नाममा संसदीय चुनाव,प्रचण्डलाई भारतको गृहकार्य
- चीन र भारतबीच ८ सम्झौता
- त्रिवि र आरआरमा तालाबन्दी
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









