News
-
कोचिङ कक्षाबाट ७५ जना इट्टा भट्टामा कामगर्ने बालबालिका लाभान्वित
- Posted on: 2012-06-24
सुरेश बिडारी / सर्लाही १० असार (ओएनएस) : सर्लाहीको चार गाविसमा सञ्चालित ३ वटा कोचिङ कक्षाबाट ७५ जना इट्टा भट्टामा कामगर्ने श्रमिक बालबालिका लाभान्वित भएका छन् ।
काममा लागेका कारण विद्यालय जानबाट वञ्चित भएका बाल श्रमिकहरुलाई 'उन्नत भविष्य बनाऔ' कार्यक्रम मार्फत अनौपचारिक रुपमा शिक्षा दिन कोचिङ कक्षा सञ्चालन गरिएको हो ।
कोचिङ कक्षा सञ्चालन भएपछि गौरिशंकर, लक्ष्मीपुर, हरिपुर, बबरगञ्ज गरी चार गाविसका ७५ जना शिक्षाबाट वञ्चित श्रमिक बालबालिका शिक्षित हुन सफल भएका छन् । कोचिङ कक्षा श्रमिक बालबालिकाहरुलाई पायक पर्ने समयमा सञ्चालन गरिएको छ ।
जिल्लामा झण्डै ४ सयको हाराहारीमा इट्टा भट्टामा कामगर्ने श्रमिक बालबालिका रहेको महिला तथा बालबालिका कार्यालयकी प्रतिनिधि गायत्री चौधरीले बताइत ।
विश्व शिक्षा रातोपुल काठमाडौंको आर्थिक सहयोगमा साझेदारी संस्था बाल संरक्षण संस्थाद्वारा सञ्चालित कार्यक्रम अन्र्तगत जिल्लाका चार गाविसमा ४ वटा जीवन उपयोगी कक्षा, ४ वटा किशोरी कक्षा, ३ वटा आइपीएम कृषि पाठशाला पनि सञ्चालन गरिएको छ ।कृषि पाठशाला मार्फत श्रमिक बालबालिकाका अभिभावकहरुलाई आर्थिक रुपमा सक्षम बनाइसकेपछि बालबालिकाले श्रमिकको रुपमा काम गर्न नपर्ने तथा शिक्षाबाट समेत बञ्चित हुनुनपर्ने कार्यक्रम संयोजक किशोर शर्माले विश्वास व्यक्त गरे । कृषि पाठशालामा जैविक खेति प्रणालीलाई जोड दिइएको छ ।
त्यस्तै गरी आर्थिक स्तर अत्यन्त कमजोर भएका ५० श्रमिक बालबालिकालाई छात्रवृत्ति स्वरुप शैक्षिक सामाग्री प्रदान गरिएको बाल संरक्षण संस्थाले जनाएको छ । संस्थाले शिक्षाबाट वञ्चित श्रमिक बालबालिका तथा किशोरीहरुलाई शिक्षित बनाउन र उनीहरुको अभिभावकहरुको आर्थिर्क तथा शैक्षिक अवस्था सुधार्न विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बाल संरक्षण संस्थाकी अध्यक्ष राधा घिमिरेले बताइन ।
Comments
Other News
-
• सिर्जना प्रतिष्ठानको 'अनुपम' लोकार्पण
• पैँसट्ठी हजारमा सम्बन्धविच्छेद !
• गर्मीसँगै भेडेटारमा पर्यटक बढे
• मान्छे खाने बाघ आफै मरेपछि (फोटो फिचर)
• सद्भावनाको अनशन स्थगित
• लेवनानमा नेपाली सैनिकको मृत्यु
• गोली हानी श्रीमानद्वारा श्रीमतीको हत्या
• नयाँ परीक्षा प्रणाली अनुसार सवारी ट्रायल सुरु
• जुम्लाका महिलाहरु सरसफाई अभियानमा
- Show Older
समाचार More+
कालिमाटी तरकारी बजारको हरिबिजोग ! (फोटोफिचर)
काठमाडौं, ६ जेठ (ओएनएस) : कालीमाटी तरकारी बजार राजधानी काठमाडौंको तरकारी गोदामको रुपमा चिनिन्छ । तर यो तरकारी बजारको व्यवस्थापन निक्कै नाजुक छ । काठमाडौंका लाखौँ जनतालाई तरकारी पुर्याउने कालीमाटी तरकारी बजार पानी पर्ने वित्तिकै जलमग्न हुन्छ । काठमाडौंमा खपत हुने ७० प्रतिशत भन्दा बढी तरकारी आपुर्ति गर्ने बजार पानीमा डुब्दा समेत कालिमाटी फलफूल तथ..
विस्तृतमा
नयाँ कार्यसमितिका लागि राप्रपामा मतगणना हुँदै
काठमाडौं, ७ जेठ (ओएनएस) : राप्रपा र राजपा एकता महाधिवेसन पछि चुनिने नयाँ कार्यसमितिका लागि गएराती अवेर मतदान सकिएको छ । अहिले बिहानबाट मतगणना हुँदैछ । राप्रपा र राजपा एकता महाधिवेशनबाट पार्टीको नाम राप्रपा नै राख्ने सहमति भइसकेको छ । ७१ जनाको केन्द्रिय समितिको लागि १ सय ४७ जनाले उम्मेदवारी दिएका थिए । मतदानमा २१ सय १४ जना प्रतिनिधिले भाग..
विस्तृतमा-
सरकार र सद्भावना पार्टीबीच आज पनि वार्ता
काठमाडौं, ७ जेठ (ओएनएस) : सरकार र सदभावना पार्टीबीच आज पनि वार्ता हुँदैछ । सरकारी वार्ता टोली र सद्भावना नेतृत्वबीच वार्ता सद्भावनाले उठाएका मुद्दामा छलफल हुनेछ । हिजोको वार्तामा सहमति नभएपछि आज फेरि वार्ता हुन लागेको हो । सद्भावनाले संविधानसभा चुनावको मिति तोक्नुपर्ने, कोसी सम्झौताअनुसार सप्तरीमा विद्यूत आपूर्ती हुनुपर्ने लगायतका माग राखि ५ द..
विस्तृतमा
संविधानसभाका नाममा संसदीय चुनाव,प्रचण्डलाई भारतको गृहकार्य
खड्गबहादुर विश्वकर्मा /खिलराज रेग्मीको नियुक्तिलाई हामीले प्रतिगमन कदम भन्यौ । सुरुमा धेरैले नपत्याए पनि लोकमान सिंहको नियुक्तिसम्म आईपुग्दा सबै छर्लङग भयो । यी घटनाक्रममा चार राजनीतिक दल जसरी देखिए पनि त्यो भारतीयहरुको चहना अनुसार चार दलले ल्याप्चे लगाउदै गएको भन्नेमा धेरै बिवाद नैं भएन । यस्ता विश्वास गर्नै नसकिने गरिका कदमले..
विस्तृतमा
- चीन र भारतबीच ८ सम्झौता
- त्रिवि र आरआरमा तालाबन्दी
- राप्रपामा ६९ केन्द्रीय सदस्यका लागि १४७ को उम्मेदवारी
- इराकमा कार बम विस्फोट, कम्तिमा २६ को मृत्यु
- एन्फालाई ६ हजार डलर जरिवाना
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









