News

  • महिनामा पाच महिला माथि बोक्सीको आरोप लाग्ने गरेको आकडा

    • Posted on: 2012-06-18

     

    काठमाडौ, ४ असार (ओएनएस) : बोक्सीको आरोपमा महिलामाथि गरिने अपराध/मानव अधिकार हनन्को स्थिति विरुद्ध सञ्चालन गरिएको ६० दिने अभियानको सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना समापन गरिएको छ ।
     
    कुसंस्कार, कुरीति तथा अन्धविश्वासका कारण बोक्सीको आरोप लगाई हरेक महिना कम्तिमा ५ जना महिलाहरु माथि नेपालमा कुटपीट हुने, मलमुत्र ख्वाइने, घर तथा गाउ निकाला गरिने, आखा तथा योनी जस्तो संवेदनशिल अंगहरु अंगभंग गरिनुका साथै शारीरिक र मानसिक हिंसा हुने गरेको छ ।
     
    ओरेक नेपालका अनुसार ०६८ बैशाखदेखि फागुनसम्म ९२ जना महिलाहरुलाई बोक्सीको आरोपमा विभिन्न खालको हिंसा भएको छ । यसै तथ्यांकलाई आधार मान्दै २०६८ चैत्र २८ गतेदेखि देश व्यापीरुपमा महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालको संयोजकत्वमा ओरेक नेपाल, राष्ट्रिय महिला अधिकार मञ्च, महिलाको निम्ति महिला मञ्च, कृतिका अभियान, एक्सन एड नेपाल र केयर नेपालले संयुक्त रुपमा बोक्सीको आरोपमा महिलामाथि गरिने अपराध/मानव अधिकार हनन्को स्थीति विरुद्धको ६० दिने अभियान शुरुवात गरेको थियो । 
     
    बोक्सीको आरोप लगाई महिला माथि गरिने हिंसा सम्बोधन गर्ने प्रभावकारी कानूनको अबिलम्ब  व्यवस्था गरिनुपर्ने, बोक्सीको आरोप लागी अपराध खप्न बाध्य महिलाहरुका लागि तुरुन्तै न्याय प्राप्तगर्ने संयन्त्रको व्यवस्था गरिनुपर्ने, प्रभावितहरुको सामाजिक, आर्थिक, अधिकार सुनिश्चितता गर्ने प्रभावकारी व्यवस्था गरिनुपर्ने र सरकारी तहबाट बोक्सी अन्धबिश्वास हो, सामाजिक कुरीतीजन्य सोच को परिणाम हो भन्ने बुझाउने खालको प्रभावकारी संचार अभियान संचालन गरिनुपर्ने चारवटा माग राखेर अभियान सञ्चालन गरिएको थियो ।
     
    समापन कार्यक्रममा विभिन्न जिल्लाका पनि गाउ-गाउमा महिला मानवअधिकार रक्षकहरुको संजालद्वारा सचेतना मुलक तथा दवावमुलक कार्यक्रम संचालन गरी करिब १७ जना वोक्सीको आरोपमा यातना खेप्न बाध्य महिलाहरुको आवाज संकलन गरी सरोकारवालाहरुको ध्यानाकर्षण गरिएको अभियान संयोजक डा. रेणु राजभण्डारीले बताइन् । 
     
    समापन कार्यक्रममा नेपाली कांग्रेसका अर्जुन नरसिंह केसीले आफूले यस अभियानको शुरुवातमा बोक्सी आरोपीत महिलाहरुको दृश्यसहित कार्यक्रम तथा हाल श्रव्य कार्यक्रममा सहभागी भै बोक्सीको आरोपमा गरिने अमानवीय कार्य विरुद्ध ऐक्यवद्धता जनाएको बताए ।नेता केसीले आफुले पार्टीमा पनि यस विषयमा छलफल गर्नुका साथै आफ्नो पार्टीले सशक्त रुपमा यो कुसंस्कार विरुद्ध सहयोग, योगदान गर्ने प्रतिवद्धता जनाए ।
     
    एमालेका सुजिता शाक्यले आफ्नो पार्टीले महिला हिंसा अन्त्यका लागि आवाज उठाउदै आएको र भगिनी संस्थाले पनि महिला हिंसा अन्त्यका लागि अभियानै चलाएको जानकारी दिदै अब बोक्सी विरुद्धको कानुन बनाएर दोषीलाई कारवाही र समाजमा सचेतना ल्याउन यस्ता अभियान अत्यन्तै सहयोगी भएको जनाउदै आफ्नो पार्टी सधै हिंसाको विरोध गर्ने र आफ्ना कार्यकर्तालाई निर्देशित गरेको बताइन् ।
     
     एनेकपा माओवादीका प्रतिनिधी तथा पूर्व शान्ति मन्त्री सत्य पहाडीले अभियान्ताहरुलाई धन्यवाद दिदै महिलाको आर्थिक सशक्तिकरण नभएसम्म महिलाहरु यस्ता कुरिती र कुसंस्कारजन्य अपराधबाट पिडित भइराख्ने बताइन् ।
     
    राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गौरी प्रधानले मानवअधिकारकर्मी, सरकारी निकाय तथा सम्र्पूण वर्ग र क्षेत्रले संसारमा कही कतै बोक्सीको अस्तीत्व छैन र हुदैन भनेर भनेर सन्दश दिनुपर्ने बताए ।
     
    नेपाल बार एसोसिएसनकी प्रतिनिधी शान्ता सेढाइले यस्ता अपराधजन्य धेरै घटना कानुनी रुपमा अगाडी नआउने र आए पनि थोरैले मात्र न्याय पाएका छन् भन्दै महिलाको पक्षबाट मुद्दा लड्ने अधिवक्ता आफैलाई धेरै धम्कि आउने गरेको बताइन् ।
     
    महिला आयोगकी सदस्य मनु हुमागाईले तुरुन्त अध्यादेश जारी गरी बोक्सी विरुद्धको विद्देयक  ल्याउन जरुरी भएको बताइन् । 
     
    अधिवक्ता दिनेश त्रिपाठीले महिलामाथि हुने सबै प्रकारको विभेद उन्मूलन महासन्धीमा पनि हस्ताक्षर गरी सकेको नेपालमा अझै पनि महिला हिंसाको अवस्था जस्ताको तस्तै भएको बताउदै विशेष राज्य, न्यायालय र सबै निकाय जवाफदेही हुनपर्ने बताए । 
     
    भैसीले दुध नदिएका कारण, मान्छे विरामी भएका कारण, खाना रुच्न छाडेका कारण, बाली नसपि्रएको नीहु पारेर आफुहरु माथि यातना दिइएको बोक्सीको आरोपमा यातना खेपेका महिलाहरुको आवाज जसमा उल्लेख थियो ।
     

Comments

समाचार More+

  • वैद्य र यादवलाई संयन्त्रमा ल्याउन कांग्रेस र एमाले सहमत

    ‘थ्रेसहोल्ड’बारे पुरानै अडान यथावत्

      काठमाडौं, ७ जेठ (ओएनएस) ः नेपाली कांग्रेस र नेकपा एमालेबीच मोहन वैद्य र उपेन्द्र यादवलाई उच्चस्तरीय राजनीतिक समितिमा ल्याउने सहमति भएको छ । सरकार र संयन्त्रप्रति असन्तुष्टि जनाउँदै आएका दलहरुलाई सहमतिमा ल्याई चुनावको मिति घोषणा गर्ने तयारी अनुरुप वैद्य र यादवलाई उच्चस्तरीय समितिमा ल्याउने सहमति भएको हो ।    एमाले पार्टी कार..
    विस्तृतमा

  • काखको छोरो 'गायव' हुँदा पनि पत्तो नपाएपछि......

      आचार्य प्रमोद / काठमाडौं, जेठ ७ (ओएनएस) : आफन्तको विहेमा सहभागी हुने वुटवलबाट आएका श्रीमान् श्रीमती आफ्नो सात महिने बालकसहित घर फर्किँदै थिए । रात्रीबसमा घर फर्किँदै गरेका बाबुआमा बसमै भुसुक्क निदाए । नवलपरासीको दलदले पुग्दा विहानको करिब छ बजेको थियो, जतिबेला उनीहरु ब्युँझिए । ब्युँझिदा काखमै राखेर ल्याएको छोरो नभएपछि दु..
    विस्तृतमा

  • धरानमा पूर्वसभासद् मियाँको शवयात्रा

    हत्या छानविन टोली सप्तरीमा

    धरान, ८ जेठ (ओएनएस) : हिजो हत्या गरिएका विघटित संविधानसभाका सदस्य सदरुल मियाँ हकको धरानमा शवयात्र निकालिएको छ । पोसमार्टमका लागि धरान लगिएको मियाँको शवलाई पोसमार्टम पछि स्थानीय मुस्लीम समुदायकाले शवयात्रा निकालेका हुन् ।    नगर परिक्रम गर्दै शवयात्रामा सहभागिले हत्याराको चाँडो खोजी गरी कारबाही गर्न सरकारसँग माग गरेका छन् ।..
    विस्तृतमा

  • सिद्धिचरणको १०२ औँ जन्मजयन्ती मनाइँदै

      काठमाडौं, ८ जेठ (ओएनएस) : नेपालका वर्डसवर्थ भनेर चिनिने युगकवि सिद्धिचरणश्रेष्ठको १०२ औँ जन्मजयन्ती आज मनाइँदैछ । जन्मजयन्तीको अवसरका राजधानी काठमाडौं लगायत देशभर विविध कार्यक्रम गरिँदै छ ।   सिद्धिचरण स्मृति प्रतिष्ठानले बुधबार राजधानीस्थि ओमबहालमा रहेको श्रेष्ठको सालिकमा माल्यार्पण गरी कविगोष्ठी सम्पन्न गरेको छ । कार्यक्र..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal