News

  • पाचथरलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न पहल

    • Posted on: 2012-06-17

     

    लक्ष्मी गौतम /  फिदिम ,३ असार (ओएनएस) : पाचथर जिल्लाका राजनैतिक दल,संघ सस्था,सञ्चारक्षेत्र र नागरिक समाजका अगुवाहरुले चारवर्ष भित्र जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्न आ आफ्नो क्षेत्रबाट पहल गर्ने सपथ खाएका छन् ।
     
    खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय पाचथरले फिदिममा आयोजना गरेको सरसफाई सम्वन्धि एकदिने कार्यशाला पछि जिल्ला स्थित वि भिन्न क्षेत्रका अगुवाहरुले यस्तो सपथ खाएका हुन्  ।
     
    सन २०१७ सम्ममा मुलुकलाई खुल्ला दिशामुक्त घोषणा गर्ने राष्ट्रिय कार्ययोजनाको मार्गदर्शन अनुसार आ आफ्नो संस्थाका प्रत्येक निकायसम्म सरसफाई अभियान र चर्पी निर्माणका लागि सकृय बन्नेछौं भनेर लेखिएको छ ।
     
    कार्यक्रममा पाचथर जिल्लाका सबै राजनैतिक दल,सञ्चार संस्था,नागरिक समाज र निजी क्षेत्रका प्रमुखहरु उपस्थित थिए ।
    पाचथर जिल्ला सहित मुलुकभरको खानेपानी र सरसफाईको अवस्था तथा २०१७ सम्ममा मुलुकलाई दिशामुक्त घोषणा गर्ने राष्ट्रिय अभियान सफल पार्न आ आफ्नो क्षेत्रबाट खेल्नु पर्ने भूमिका समेटेर गरिएका प्रस्तुती पछि जिल्लाका अगुवाहरुले पाचथरलाई सन् २०१६ भित्र नै खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिसक्ने प्रतिबद्धता सहित सपथ खाएका थिए ।
     
    कार्यक्रममा उपस्थितहरुलाई खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी प्रदीपकुमार निरौलाले सपथ खुवाएका थिए ।
     
    ४१वटा गाउ विकास समिति रहेको पाचथर जिल्लामा हालसम्म २ वटा गाविस खुल्ला दिशामुक्त घोषणा भएका छन् भने २ वटा घोषणाको तयारीमा छन् ।
     
    सन् २०१६ सम्ममा जिल्लाका सबै बासिन्दासम्म  चर्पी र सरसफाईको पहुच पुर्‍याउने लक्ष राखिएकोमा अधिकांश गाविसमा अभियान शुरु भइसकेको खानेपानी तथा सरसफाई डिभिजन प्रमुख अनिलकुमार केशरीले जानकारी दिए ।
     
    पाचथर जिल्लामा नेपाल रेडक्रस सोसाइटी,सुनगाभा विकास संस्था,ग्रामिण सामुदायिक विकास केन्द्र र बैकल्पिक उर्जा विकास केन्द्र लगायतका संस्थाले काम गरिरहेका छन् ।
     
     
     
     

Comments

समाचार More+

  • नेपालमा भारतीय कांग्रेसको पार्टी कार्यालय

    दुतावास भन्दा शक्तिशाली

    सरोज दाहाल / काठमाडौं, ६ जेठ (ओएनएस) : नेपालमा राजनीतिक तहबाट हुने कुनै पनि निर्णयमा भारतीय पक्षको भूमिका हुन्छ भन्ने कुरा राजनीतिक दलका नेताहरुले नैं स्वीकारेका अवस्थामा  भारतीय सत्तारुढ दल कांग्रेस आईले औपचारिक रुपमा  कार्यालय खोलेर काम गरिरहेको छ । भार..
    विस्तृतमा

  • प्रधानसेनापति र भारतीय लेफ्टिनेन्ट जनरलबीच भेट

    महिला सैनिकको अवस्था बारे छलफल

      काठमाडौं, ७ जेठ (ओएनएस) : प्रधानसेनापति गौरव शम्शेर जबरा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल ज्ञान भूषणबीच आज भेटवार्ता भएको छ ।   राजधानीमा भएको भेटमा नेपालका महिना सैनिकहरुको व्यवस्थापन बारे छलफल भएको बताइएको छ ।   तीनदिने नेपाल भ्रमणमा आएको टोलीले यहाँ रहँदा सैनिक शिक्षण संस्थाहरुको अवलोकन पनि गरेको छ । टोली विहीबार स..
    विस्तृतमा

  • सरकार र सद्भावनाबीच कुरा मिलेन, आमरण अनसनको घोषणा

    सद्भावनालाई सरकारको आग्रह (पूर्णपाठ)

    काठमाडौं, ७ जेठ (ओएनएस) : सरकारसँगको वार्ता सहमतिमा पुग्न नसकेपछि सद्भावना पार्टीले आमरण अनसनको तयारी गरेको छ । मंगलबार सरकार र सदभावना पार्टीबीचको वार्ता विना निष्कर्ष टुङ्गिएको छ ।  निर्वाचन मिति घोषणा, निर्वाचन क्षेत्र पुनः निर्धारण आयोग, नागरिकता वितरण, शान्ति सुरक्षालगायतका विभिन्न माग सरकारले तत्काल पुरा गर्न नसक्ने बताएपछि वार्..
    विस्तृतमा

  • निर्वाचन ऐनका कारण मिति घोषणामा ढिलाई : प्रचण्ड

      राजेन्द्र आचार्य, चितवन, ७ वैशाख (ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन सम्वन्धी ऐनका कारण संविधान सभाको मिति घोषणामा ढिलाई भएको वताएका छन् । उनले अरु विषयमा सहमति भइसकेको भएपनि ऐनकै कारण मिति घोषणामा ढिलाई भएको बताए ।   क्रान्तिकारी पत्रकार संघ चितवनले गरेको पत्रकारसम्मेलनमा प्रचण्डले भने &nd..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal