News

  • दरबार हाई स्कुल, सैनिक मावि आजको खेलमा विजयी

    • Posted on: 2012-06-16

     

    काठमाडौं, २ असार (ओएनएस): अन्तर विद्यालय राष्ट्रिय छात्र/छात्रा फुटबल अन्तर्गत छात्र तर्फको छनौट चरण अन्तर्गत आज भएको पहिलो खेलमा दरवार हाई स्कुलले नर्थ प्वाईन्ट एकेडेमी लाई ६-०  गोलले पराजित गरेको छ । 
     
     
    दरवार हाई स्कुलका लागि सुदिप थापा र रविन्द्र लामाले क्रमश ३३, ३९ र ४५, ५२ औं मिनेटमा गोल गरेका थिए भने रन्जोस खत्री र राकेश प्रधानले १५ र ५० औं मिनेटमा गोल गरेका थिए ।
     
    आजै भएको दोश्रो खेलमा सैनिक आवासीय महाविद्यालयले एभर भिजन स्कुललाई ६-० गोलले पराजित गरेको छ । सैनिकका लागि खड्ग बहादुर सलामी मगर र मिलन थापा मगरले १२, ४३ र २८, ४९ औं मिनेटमा गोल गरेका थिए भने संजिब राना मगर र संदिप रोक्काले २३ र ६४ औं मिनेटमा गोल गरेका थिए ।
     
    आजै भएको तेश्रेा खेलमा हिमालयन ईन्टरनेश्नल आईडियल स्कुलले ब्राईट ल्याण्ड सेकेण्डरी स्कुललाई २-१ गोलले पराजित गरको छ । हिमालयनका लागि दिकेश पुर्जाले १० र ४४ औं मिनेटमा गोल गरेका थिए भने ब्राईटल्याण्डका लागि सनम पुनले ६५ अाैं मिनेटमा गोल गरेका थिए ।
     

Comments

समाचार More+

  • यसरी भयो पूर्वसभासद मियाको हत्या ( घटना स्थल : फोटोफिचर)

    १२ लाख रुपैयाँको खोजी, छानविन समिति गठन

    दिलीप सिंह / सिरहा, ७ जेठ (ओएनएस) : छिमेकीको विहे हेर्न गएका सप्तरीका पूर्वसभासद सदरुल मिया हकलाई साँझ टेलिफोन आयो । ‘आफ्नै पेट्रोलपम्पमा आउनुस् काम छ’ भनेर कसैले बोलायो । आग्रह बमोजिम मिया पेट्रोलपम्प नजिकको अस्थाई निवास जान त गए, तर फर्किएन् । उनको कल्याणपुर २ विसनापुरमा रहेको आफ्नै अस्थाई निवासमा निर्ममतापूर्व..
    विस्तृतमा

  • नेपालमा भारतीय कांग्रेसको पार्टी कार्यालय

    दुतावास भन्दा शक्तिशाली

    सरोज दाहाल / काठमाडौं, ६ जेठ (ओएनएस) : नेपालमा राजनीतिक तहबाट हुने कुनै पनि निर्णयमा भारतीय पक्षको भूमिका हुन्छ भन्ने कुरा राजनीतिक दलका नेताहरुले नैं स्वीकारेका अवस्थामा  भारतीय सत्तारुढ दल कांग्रेस आईले औपचारिक रुपमा  कार्यालय खोलेर काम गरिरहेको छ । भार..
    विस्तृतमा

  • काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माण गर्न सरकारको स्वीकृति

      काठमाडौं, ७ जेठ (ओएनएस) : सरकारले काठमाडौं, कुलेखानी, हेटौंडा सुरुङमार्ग बनाउन सरकारले स्वीकृती प्रदान गरेको छ । सरकारले मंगलबार सुरुङ निर्माणको परियोजना नेपाल पूर्वाधार विकास कम्पनीलाई हस्तान्तरण गरेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तलसीप्रसाद सिटौलाले कम्पनीका अध्यक्ष कुशकुमार जोशीलाई परियोजना हस्तान्तरण गरे ।  ..
    विस्तृतमा

  • प्रधानसेनापति र भारतीय लेफ्टिनेन्ट जनरलबीच भेट

    महिला सैनिकको अवस्था बारे छलफल

      काठमाडौं, ७ जेठ (ओएनएस) : प्रधानसेनापति गौरव शम्शेर जबरा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल ज्ञान भूषणबीच आज भेटवार्ता भएको छ ।   राजधानीमा भएको भेटमा नेपालका महिना सैनिकहरुको व्यवस्थापन बारे छलफल भएको बताइएको छ ।   तीनदिने नेपाल भ्रमणमा आएको टोलीले यहाँ रहँदा सैनिक शिक्षण संस्थाहरुको अवलोकन पनि गरेको छ । टोली विहीबार स..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal