News

  • मोरङका सात विद्यालयको नतिजा शुन्य

    • Posted on: 2012-06-16

     

    मोरङ, २ असार (ओएनएस) : मोरङ जिल्लाका सातवटा विद्यालयको यस वर्षको एसएलसी परीक्षा परिणाम शून्य रहेको छ । तीमध्ये छवटा सामुदायिक र एउटा संस्थागत विद्यालय रहेका छन् ।
     
     
    जिल्ला शिक्षा कार्यालयका अनुसार सामुदायिक विद्यालयमा कल्याणकारी मावि सिंहदेवी, शिक्षा सदन मावि वयरवन, भोगटेनी मावि भोगटेनी, रामपुर मावि भोगटेनी, महेन्द्र मावि मझारे, सार्वजनिक मावि वैजनाथपुर र संस्थागतमा बालवाटिका बोर्डिङ स्कुलबाट कुनै पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन् ।
     
    कार्यालयबाट उपलब्ध विवरणअनुसार यस वर्ष जिल्लामा नियमित तर्फ ४५ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी कुल १५ हजार ४८६ विद्यार्थीमध्ये ६ हजार ९४२ मात्र उत्तीर्ण भएका छन् । उत्तीर्णहुनेहरुमा विशिष्टतर्फ ९१२, प्रथम श्रेणीमा तीन हजार १९७, दितीयमा दुई हजार ५३१ र तृतीय श्रेणीमा ३०२ जना उत्तीर्ण भएका बताइएको छ । 
     
    बालकल्याण विद्या मन्दिर विराटनगर-१५ का विद्यार्थी अरुण कालिकोटले यस वर्षको एसएलसी परीक्षामा नेपालमै सर्वत्कृष्ट उच्च स्थान हासिल गरेको विद्यालयले जनाएको छ । उनले ७५९ अर्थात ९४ दशमलव ८७ अङ्क हासिल गरेका विद्यालयले जनाएको छ।यसैबीच, परीक्षामा उनुत्तीर्णभएकोमा एक छात्राले आत्महर्या गरेकी छिन्। विराटनगर-२० बस्ने छात्रा मधु देवानले मुसा मार्न विष सेवन गरी आत्महर्या गरेकी प्रहरीले जनाएको छ। कोसी अञ्चल अस्पतालमा उपचारका क्रममा निजको मृत्यु भएको हो।
     

Comments

समाचार More+

  • एमाओवादीमा सरकारको राजीनामाबारे बहस

    सरकार निर्वाचन केन्द्रित नभएको ठम्याई

    काठमाडौं, ८ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीमा सरकारको कार्यशैली चुनाव केन्द्रित नभएको भन्दै खिलराज रेग्मीको राजीनामा माग्नुपर्ने मत बलियो बन्न थालेको छ । सरकार सहमति निर्माण गरेर मिति घोषणा गर्ने भन्दा पनि ‘खुद्रा’ कुरामा अल्झिएको एमाओवादीका कतिपय नेताहरुको बुझाइ छ ।   एमाओवादीमा पहिले प्रधानन्यायाधिशलाई नेतृत्व दिँदा सहमत..
    विस्तृतमा

  • सर्वोच्चद्वारा प्रेस काउन्सिलविरुद्ध कारण देखाउ आदेश जारी

      काठमाडौं, ८ जेठ (ओएनएस) : सर्वोच्च अदालतले पे्रस काउन्सिल विरुद्ध परेको मानहानी सम्बन्धि रिटमा काउन्सिल र सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ज्ञानेन्द्रबहादुर कार्कीको एकल इजलासले काउन्सिलको प्रकाशन ‘संहिता’मा प्रकाशित सामाग्रीले मानहानी गरेको दावीसहित दायर रिटमा त्यस्तो सामाग्री प्रकाशन गर्नुको कारण पेश ग..
    विस्तृतमा

  • 'थ्रेसहोल्ड' मान्दैनौँ : आदिवासी जनजाति

      काठमाडौं, ८ जेठ (ओएनएस) : आदिवासी जनजाति महासंघले आगामी संविधानसभा निर्वाचनमा कुनैपनि हालतमा ‘थ्रेसहोल्ड’को व्यवस्था गर्न नहुने जनाएको छ ।    अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई बुधबार ज्ञापन पत्र बुझाउँदै महासंघको टोलीले ‘थ्रेसहोल्ड’ मान्य नहुने जनाएको हो । यस्तै आदिवासी जनजाति मह..
    विस्तृतमा

  • सप्तरीमा एक किशोरीको जलाएर हत्या

    बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका

    सप्तरी, ८ जेठ (ओएनएस) : सप्तरीको कोइलाडीमा एक किशोरीको जलेको शव फेला परेको छ ।  वर्साइन गाविस वडा नम्बर ५ स्थित जिता खोलाको किनारमा अन्दाजी १४÷१५ वर्षीया किशोरीको शव फेला परेको हो । सनाखत हुन नसकेकी यूवतीको अधिकांश शरिर जलेको छ ।  स्थानीयबासीहरुले ती किशोरीको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् । शवलाई पोस्टमार्ट..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal