News
-
स्कुलबस अब ९ बजेभित्रै विद्यालय प्रवेश गर्नुपर्ने
- Posted on: 2012-06-15
काठमाडौं, १ असार (ओएनएस) : काठमाडौ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि भन्दै लागि शुक्रवारदेखि नयाँ व्यवस्था लागू गरेको छ ।स्कुल र कलेजका गाडीहरु सञ्चालनका लागि निश्चित समय तोक्ने देखि त्यस्ता बस सञ्चालनका लागि आचारसंहिता लागू गरिएको छ । शिक्षा क्षेत्रसंग सम्बन्धित संघ संगठनसंगको छलफलपछि ट्राफिक प्रहरी महाशाखाले नयाँ व्यवस्था लागू गरेको हो ।नयाँ नियम अनुसार शुक्रवारदेखि उपत्यकाका स्कुल वसहरु ९ वजेभित्र विद्यालयमा प्रवेश गरिसक्नुपर्ने दिउँसो साँढे ४ बजे विद्यार्थीलाई गन्तब्यमा पुर्याएर विद्यालयभित्र फर्किसक्नुपर्नेछ ।सरकारी कार्यालय र विद्यालय खुल्ने समय एकैपल्ट हुँदा सडकमा अत्यधिक चाप हुने भएकाले नियन्त्रण गर्न नयाँ व्यवस्था गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रबक्ता प्रहरी उपरीक्षक देबबहादुर बोहराले जानकारी दिए ।
Comments
Other News
-
• जुम्लाका महिलाहरु सरसफाई अभियानमा
• नेकपा–माओवादीद्वारा बोर्डिङ कब्जा
• रुकुममा यार्सा संकलन आजबाट खुल्ला
• बागलुङको मकैवालीमा गवारोको समस्या
• विद्यार्थीलाई निःशुल्क टिफिन बक्स
• रुकुममा नौ कक्षामै इन्जिनियरिङ पढाई
• बसको ठक्करबाट एकको मृत्यु
• बस दुर्घटनामा दुईको मृत्यु
• पार्टीको छाडेर राष्ट्रिय झण्डा बोक्दै युवाहरु
- Show Older
समाचार More+
राप्रपा-राजपा एकता महाधिवेशनमा नेतृत्व विवाद मिलाउने प्रयास
स्थगित बन्दसत्र सुरु हुँदै
काठमाडौं,५ जेठ (ओएनएस): नेतृत्वमा देखिएको विवाद समाधान गर्न राप्रपा राजपाका शीर्ष नेताहरु अहिले छलफलमा जुटेका छन् । आलोपालो नेतृत्वमा हलबाट विवाद आएपछि बन्दसत्र सुरुहुनुअघि उनीहरुले त्यसलाई मिलाउने प्रयास गरेका छन् । पार्टीको नाम र नेतृत्वका विषयमा विवाद भएप्छि हिजो बन्दसत्र स्थगित गरिएको थियो । हलमा सहभागि कार्यकर्ताले नेताहरुविरुद्ध नै नारावा..
विस्तृतमा
एमाले नेतृ अर्याल र नायिका थापा एमाओवादीमा
‘जिम्मेवारी नपाए माओवादी पनि छोड्छु’
काठमाडौं, ४ जेठ (ओएनएस) : एमाले नेतृ उर्मिला अर्याल र नायिका रेखा थापा एमाओवादीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गराउँदै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुवैलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिइने बताए । कार्यक्रममा नेतृ उर्मिला अर्यालले एमाले राजनीतिक रुपमा पतन भैसकेकोले आफु एमाओवादीमा आएको बताइन् । उनले एमाओवादीमा प्रवेश गर..
विस्तृतमा
मालेले चार दलको भण्डाफोर अभियान चलाउने
काठमाडौ, ४ जेठ (ओएनएस): नेकपा (माले) को छैटौँ राष्ट्रिय सम्मेलनले पारित गरेको २४ बुँदे निर्णय आज सार्वजनिक गरिएको छ । पार्टी कार्यालय रातोपुलमा आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय सम्मेलनले तय गरेका २४ बुँदे निर्णयलाई सार्वजनिक गरिएको हो । सम्मेलन गत वैशाख २८ गतेदेखि सुरु भई ३१ गते सम्पन्न भएको थियो । सम्मेलनले चार..
विस्तृतमा
राप्रपा महाधिवेशनमा विवाद, बन्दसत्र स्थगित
काठमाडौं, ४ जेठ (ओएनएस) : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशन बन्दसत्रमा नारावाजी भएको छ । आलोपालो र सामुहिक नेतृत्वका विषयमा कार्यकर्ताहरुले विरोध जनाएपछि छलफल समेत अवरुद्ध भएको छ । व्यापक नाराबाजी पछि बन्दसत्र भोलि बिहान आठ बजे सम्मका लागि स्थगित गरिएको छ । नेताहरुबीच सहमति भएको आलोपालो नेतृत्वमा..
विस्तृतमा
- 'थ्रेसहोल्ड' बिना चुनावमा जाँदैनौ : कांग्रेस-एमाले
- सर्त पुरा नहुँदासम्म वार्ता हुँदैन : असन्तुष्ट दलहरु
- स्ववियु निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा : विद्यार्थी नेताहरु
- रेग्मी रिमोट कन्ट्रोलबाट सञ्चालित : वैद्य
- माग पुरा नभए अनसन बस्छु : महतो
अन्तर्वार्ता More+
प्रचण्डसँग माया बसेको छ : रेखा थापा
नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।
विस्तृतमा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी
- कार्कीलाई 'कमेन्ट' भन्दा काम गर्न दिऊँ : सूर्यनाथ उपाध्याय









