News
-
गुन्द्री बनाउने काममा भ्याइनभ्याइ
- Posted on: 2012-06-11
शुभ नारायण यादब / सप्तरी, २९ जेठ (ओएनएस) :घरमा फुर्सदिला सप्तरी पोर्ताहा गाविस ५ सरदार टोलका दलित महिलाहरुलाई हिजोआज पटेरको गुन्द्री बनाउने काममा भ्याइनभ्याई छ।
घरेलु तथा साना उद्योग कार्यालय सप्तरीले यहाका दलित महिलाहरुलाई पटेरको गुन्द्री बनाउने ७ दिने आधारभूत तालिम दिएपश्चात् उनीहरु गुन्द्री बनाउनमै व्यस्त छन् ।तालिम लिइएका २२ जना महिलाहरु रुखमुनि भेला भई कुराकानीसागै उनीहरु दिनभरी पटेरको गुन्द्री बनाउनमै व्यस्त हुन्छन् । यसअघि हामीहरुले त्यत्तिकै बसेर कुराकानी गरी समय बिताउने गरेका थियौं, तर तालिम पश्चात दिनभरी गुन्द्री बनाएर राम्रो आम्दानी गरिरहेको मायादेवी सरदारको भनाई छ।घरको काम बाहेक फुर्सदको समयमा गुन्द्री बनाउदा एक दिनमा ३ वटा देखि ५ वटा सम्म निर्माण गर्ने गरेको अर्का सहभागी महिला सुशिला देवीको भनाई रहेको छ ।घरेलु तथा साना उद्योग कार्यालयले मा लक्ष्मी समुह पोर्ताहा ५ का २२ जना महिलाहरुलाई पटेरको गुन्द्री बनाउने तालिम दिएको थियो । तालिम पश्चात आफुहरु दिनमा ५ वटा सम्म गुन्द्री बनाईरहेको बताउछिन्, चिन्ति कुमारी सरदार ।आफूले बनाएको गुन्द्री नजिकैको भारदह, कंचनपुर, हनुमाननगर सहित सदरमुकाम राजविराजसम्म पुगेर बेचविखन गर्दै आएको लक्ष्मी सरदारको भनाई रहेको छ । गुन्द्री बनाएर छोराछोरीको लालनपालनसागै घर परिवार चलाइरहेको अर्का महिला साजो देवी बताउछिन् ।यसमाथि केही काम पर्दा दश रुपैया पनि श्रीमानसग माग्नु परेको थियो, तर अब अहिले आफूहरु स्वयम् गुन्द्री बनाएर घर परिवार चलाउदै आएको उनीहरु बताउछिन् ।गुन्द्री बनाएर अहिले त्यहाका महिलाहरु मासिक १० देखि २५ हजार सम्म आम्दानी गर्दै आएकी छिन । गुन्द्रीबाट हाल उनीहरुले आत्मनिर्भर बन्दै गएकी छिन ।
Comments
Other News
-
• फर्जी विद्यार्थी विरुद्ध अनशन
• विद्यार्थी बीच झडप, २४ बढी घाइते
• हत्याको विरोधमा विराटनगर बन्द
• सगरमाथा हीरक महोत्स मनाइदै
• रिड नेपाललाई एक लाख अमेरिकी डलरको पुरस्कार
• हेलिकप्टर दुर्घटना भएको झुटो हल्ला गर्ने पक्राउ
• भवन भत्किएर पुरिँदा एक जनाको मृत्यु
• डाईभर्सन भत्किएपछि सवारी आवागमन अवरुद्ध
• १५ प्रजातिका नयाँ चरा थपिए
- Show Older
समाचार More+
सरकारले पूर्ववर्ती भट्टराई सरकारको निर्णय उल्टायो
राष्ट्रिय योजना आयोगमा पूर्वसचिव शाक्य
काठमाडौं, ९ जेठ (ओएनएस) : सरकारले सुकुम्वासी आयोग सम्बन्धी पूर्ववर्ती भट्टराई सरकारको निर्णय उल्टाएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले भट्टराई सरकारले गठन गरेको सुकुम्वासी आयोग खारेज गरेको हो । यसअघि काँग्रेस–एमालले आयोगले एमाओवादी निकटलाई मात्र परिचयपत्र वितरण गरेको भन्दै खारेजीको माग गर्दै आएका थिए । &n..
विस्तृतमा
निर्वाचनको तयारीमा लाग्न कोइरालाको निर्देशन
इलाम, ९ जेठ (ओएनएस) : नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । इलाममा कार्यकर्ताहरुसँगको भेटघाटको क्रममा कोइरालाले प्रजातन्त्रको मेरुदण्ड नै संविधानसभाको निर्वाचन भएकोले तयारीमा लाग्न निर्देश्न दिएका हुन् । कोइरालाले मुलुक सङ्क्रमण कालबाट गुज्रिरहेकाले राष्ट्रलाई सर्व..
विस्तृतमा-
पूर्वसभासदका हत्यारा दुई दिन भित्र पक्राउ गर्ने प्रहरी दावी
राजविराज, ९ जेठ (ओएनएस): जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक सञ्जयसिंह बस्नेतले प्रहरी विघटित संविधानसभाका पूर्व सभासद् सदरुल मियाँ हकको हत्याराको नजिक पुगेको दाबी गरेका छन् । उनले अनुसन्धानको क्रममा रहेको प्रहरी हत्याराको नजिक पुगिसेको बताए । हालसम्म कसैलाई नियन्त्रणमा नलिए पनि महत्वपूर्र्ण सुराक हात पारेको..
विस्तृतमा
राजस्थान रोयल्स आइपीएलको क्लालिफाइङ्गमा
काठमाडौं, जेठ ९ (ओएनएस) : राजस्थान रोयल्स भारतमा जारी आइपीएल क्रिकेटको क्लाविफाइङ्ग राउण्डमा प्रवेश गरेको छ । बुधबार राती भएको खेलमा सनराइजर्स हैदरावादलाई ४ विकेटले हराउँदै राजस्थान क्लालिफाइङ्ग राउण्डमा प्रवेश गरेको हो । राजस्थानको जितको लागि म्यान अफ द म्याच ब्रेड हजले अर्धसतकीय योगदान गरे । ब्रेडले २९ बल खेल्दै ५ छक्का र २ चौक..
विस्तृतमा
- गोर्खा कप आजबाट सुरु हुँदै
- एमाओवादीको माग नसुन्न रेग्मीलाई कांग्रेस-एमालेको दवाव
- मधेसी मोर्चा छुट्टै प्रजातान्त्रिक गठबन्धनको तयारीमा
- सरकार सचिवहरुको सरुवा गर्दै मन्त्रिपरिषद् जारी
- अपडेट : दार्चुला बस दुर्घटनामा मर्नेको संख्या ८ पुग्यो
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









