बिहीबार, असोज ५, २०७४ | Thursday, September 21, 2017
न्युज अपडेट

दशैंको मुखमा चामल र दालको मूल्य बढ्यो

dal chamal
काठमाडौं, २८ भदौ (ओएनएस): दशैंको मुखमा दाल चामलको मूल्य बढाइएको छ ।

सरकारले जनताले चाँडबाँड सहज रुपमा मनाउन पाउने भन्ने उद्देश्यले दैनिक उपभोग्य बस्तुमा सहुलिय कार्यक्रम लागू गर्नुपर्ने अवस्थामा दाल चामलको मूल्य बढेको छ ।

दशैंकै मुखमा व्यापारीहरुले चामल र दालजस्ता अत्यावश्यक उपभोग्य बस्तुमा मूल्यबृद्धि गरेका छन् ।

कस्तो छ दाल चामलको मूल्य ?
चामलमा प्रतिबोरा एक सय रुपैयाँ बृद्धि भएको छ । विभिन्न थरी चामलको यसअघिको मूल्यमा सोही अनुसार मूल्य बढाइएको छ । जस्तै, लङग्रेन चामल प्रतिबबोरा २ हजार ३ सय र २ हजार ४ सय रुपैयाँ पुगेको छ ।

सोना स्टिम चामल प्रतिबोरा १ हजार ५ सय ७५ रुपैयाँ कायम गरिएको छ । पोखरेली चामल प्रतिबोरा २ हजार रुपैयाँ भएको छ । जिरा मसिनो चामल एक हजार ६ सय ५० रुपैयाँ पुगेको छ । सामान्य सोना मन्सुली प्रतिबोरा मूल्य एक हजार ४ सय ५० रुपैयाँ भएको छ ।

त्यस्तै, दालमा प्रतिकिलो १० रुपैयाँ बृद्धि गरिएको छ । व्यापारीहरुले खरिद गर्दा नै मूल्य बढेका कारण आफूहरुले पनि बढाउनुपरेको प्रतिक्रिया दिएका छन् ।

Comments are closed.

'
Scroll To Top