शेयर बजार दोहोरो अङ्कले वृद्धि हुँदा पनि आइसिएफसीका शेयरकर्ता निराश

27
  •  
  •  
  •  

काठमाडौं, २७ भदाै (अाेएनएस) : शेयर बजार दोहोरो अङ्कले वृद्धि भएकाे छ। नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक १३.०६ अंकले वृद्धि भई एक हजार २३० बिन्दुमा पुगेको छ । बजारमा दोहोरो अंकको वृद्धि भई कारोवार रकममा समेत वृद्धि भएको छ । मंगलबार एक हजार २१७ बिन्दुमा रहेको शेयर आज १३.०६ अंकको वृद्धि सँगै एक हजार २३० बिन्दुमा पुगेको हाे। कूल १६५ कम्पनीको रु ४३ करोड २९ लाख ५७ हजार ६८ मूल्यबराबरको शेयर किनबेच भएको थियो ।

स्टकका अनुसार आज बैंकिङ १३.९८, विकास बैंक १४.८४, जलविद्युत् ४.८१, निर्जीवन बीमा ११३.५२, अन्य ७.१९, माइक्रोफाइनान्स १५.८८ र निर्जीवन बीमा समूह ३.९८ बिन्दुले बढेका छन् । कारोवारका आधारमा यस दिन एनआइसी एशिया बैंकको शेयर कारोवार आज अग्रस्थानमा छ । सो बैंकको रु चार करोड ८९ लाखको कारोवार हुँदा मूल्य प्रतिकित्ता शेयर मूल्य रु ४०७ कायम हुन पुगेको छ ।

त्यस्तै स्टकका अनुसार आज होटल १.४१, फाइनान्स र उत्पादन समूह क्रमशः २.२३ र २.६८ बिन्दुले घटे पनि अरु उपसमूहको शेयर भने वृद्धि भएको छ ।

ग्लोबल आइएमई बैंकको रु तीन करोड ६९ लाखबराबरको शेयर कारोवार भएको छ । रिडी हाइड्रोपावर कम्पनी र मल्टी पर्पोज फाइनान्सको मूल्य सबैभन्दा धेरै ५.२ प्रतिशतले बढेको स्टकले जनाएको छ । बजार उच्च बिन्दुले बढ्दासमेत आइसिएफसी फाइनान्सका शेयर लगानीकर्ताले सबैभन्दा धेरै अर्थात् ५.७ प्रतिशत गुमाएपछि निराश भएका छन्।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here