इजराइल : हमासविरुद्ध सबैभन्दा ठूलो हमला

1239
  •  
  •  
  •  

काठमाडौं, ३१ असार (एजेन्सी) : इजराइलले ९० भन्दा बढी रकेट हमलाको जवाफमा आफूले उत्तर गाजामा हमासको दर्जनौं सैन्य क्षेत्रलाई निशाना बनाएको बताएको छ ।

प्यालेस्टिनी स्वास्थ्य अधिकारीका अनुसार गाजा शहरमा भएको हवाई हमलामा दुईको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

यो हमला सन् २०१४ हमासविरुद्ध इजराइलको सबैभन्दा ठूलो हमला हो ।

इजराइलको रक्षाबल (आइडीएफ) ले ट्वीटमार्फत भनेको छ, ‘गत एक घण्टामा आइडीएफका लडाकू विमानले गाजापट्टीमा हमासका चार सैन्य इलाकाका दर्जनौं स्थानालाई निशाना बनाए । यो हवाई हमलाको केन्द्र बेट लाहियामा हमास बटालियनको मुख्यालय थियो ।’

अर्को एक ट्वीटाम लेखिएको छ, ‘केही बेर अघिमात्र आइडीएफका लडाकू विमानले उत्तर गाजामा अल–शटी शरणार्थी क्याम्पमा एक भवनमाथि हमला गरेको छ । उक्त भवनभित्र एउटा सुरुङ बनाइएको थियो जसलाई तालिम दिन प्रयोग गरिन्थ्यो । यो सुरुङ हमासको सुरुङ नेटवर्कको हिस्सा थियो ।’

इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूले अपरेशन जारी हुनसक्ने बताएका छन् ।

उनले भने, ‘यदि आवश्यक भए हमासको आतंककारी हमलाको प्रतिक्रियाको दायरा हामी बढाउन सक्छौं । यदि हमासले आज हाम्रो सन्देश पाएको छैन भने भोलि पाउनेछ ।’

प्रत्यक्षदर्शीले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारी अनुसार गजा शहरको एक खाली भवन इजराइली हवाई हमलाको निशाना बन्यो र नजिकैबाट यात्रा गरिरहेका मानिसहरु यसको शिकार भए ।

हमासको अनुसार शुक्रबार सीमामा भइरहेको प्रदर्शनको क्रममा इजराइली सैनिकको गाली लागेपछि एक प्यालेस्टिनीको मृत्यु भएको छ ।

‘दागियो दर्जनौं रकेट’

आइडीएफका अनुसार गाजाबाट इजराइलतर्फ दर्जनौं रकेट दागिएका छन् ।

इजराइलमा ९० भन्दा बढी रकेट खसेको रिपोर्ट छ । एउटा रकेट स्टेरात इलाकाको एक घरमा खस्यो जसमा तीनजना घाइते भएका छन् ।

यो हमला त्यतिबेला भएको हो जब पछिल्ला केही महिनादेखि यस इलाकामा हिंसाको बढोत्तरी भइरहेको छ ।

सीमामा अत्यधिक प्रदर्शन भइरहेको छ र प्यालेस्टिनीहरु इजराइलमा भएको आफ्नो पुर्ख्यौली घर फर्कन अधिकार दिन माग गरिरहेका छन् ।

उनीहरु गाजामाथि इजराइल र इजिप्टको तर्फबाट गरिएको नाकाबन्दी पनि समाप्त गर्न माग गरिरहेका छन् ।

इजराइल र इजिप्टले लडाकुको सुरक्षाको हिसाबले नाकाबन्दी गर्न आवश्यक छ ।

गाजाको स्वास्थ्य अधिकारीका अनुसार प्रदर्शनको क्रममा इजराइली सेनाको हातबाट एक सय ३० भन्दा बढी प्यालेस्टिनीहरुको मृत्यु भइसकेको छ र १५ हजारभन्दा बढी घाइते भएका छन् । बीबीसीकाे सहयाेगमा


  •  
  •  
  •