बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

भारतमै छ, लोग्ने र सासु ससुराले नै पत्नी र बुहारी बेच्ने परम्परा

husband-sell-wife-
एजेन्सी : छिमेकी देश भारतमै पनि आफ्नै पत्नी तथा बुहारीलाई बेच्ने चलन छ । भारतको राजधानी नयाँदिल्ली नजिकै केही इलाकाहरुमा यस्तो समुदाय बस्छ, जहाँ घरकै मानिसहरुले श्रीमती तथा बुहारीहरुलाई बेच्दछन् ।

घरका लोग्ने तथा सासु ससुराहरुले नै आफ्नी पत्नी तथा बुहारीलाई बेश्वावृत्ति गर्न बाध्य पार्दछन् । खबरअनुसार दिल्लीसँग जोडिएको धरमपुरालगायतका इलाकामा बस्ने परना नामक समुदायमा यो घृणित परम्परा चल्दै आएको छ ।

पतिले नै आफ्नी पत्नीलाई यौन पेशा गर्न बाध्य पार्दछन् । पत्नीले वेश्यावृत्तिबाट कमाएको पैसा चाहीँ लोग्नेले राख्दछ । परिवारको गर्जो टार्नका लागि सासु ससुराहरुले पनि बुहारीलाई यौनकर्ममा लगाउँछन् ।

कतिपय महिलाहरु आफ्नै इच्छा तथा बच्चाको पढाइका लागि खर्च जुटाउन भनेर राजीखुसीले नै वेश्यावृत्तिमा लागेका हुन्छन् भने कतिपयलाई चाहीँ परिवारले बाध्य पार्दछ ।

कतिपय महिलाहरु बिहान सबेरै वेश्यावृत्तिका लागि घरबाट निस्कने र केही ग्राहकसँग ओछ्यान तताएपछि घर फर्किएर घरधन्दा गर्दछन् । 

Comments are closed.

'
Scroll To Top