बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

राष्ट्रसंघ मानवअधिकार परिषद सदस्यमा नेपाल विजयी

Human-Rightsकाठमाडौं, ३१ असाेज– नेपाल संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्को सदस्यमा विजयी भएको छ।

सोमबार बेलुका अमेरिकाको न्युयोर्कमा भएको निर्वाचनमा नेपाल सबैभन्दा बढी मत ल्याएर एसिया प्यासिफिक क्षेत्रबाट सदस्यमा विजयी बनेको हो।

नेपाल एक सय ६६, दोस्रोमा कतार एक सय ५५ र तेस्रोमा पाकिस्तान १ सय ५१ र चौथोमा अफागानिस्तान एक सय ३० मत ल्याएर दुई वर्षका लागि सदस्य बनेका हुन्।

आसियान मुलुक मलेसिया भने एक सय २९ मतले पाँचौ भएर सदस्य हुनबाट चुकेको छ।

नेपाल, कतार, पाकिस्तान, अफगानिस्तान र मलेसिया यसको सदस्यमा प्रतिस्पर्धामा थिए। पहिला माल्दिभ्सले पनि उम्मेदवारी दिएकोमा अन्तमा फिर्ता लिएको थियो।

नेपालले यसअघि सन् १९९५ देखि २००० सम्म, २००४ देखि २००६ मा सदस्य रहेको थियो भने १९९९ देखि २००० सम्म नेपाल यसको उपाध्यक्ष नै थियो ।

Comments are closed.

'
Scroll To Top