धूम-४ नायक ऋतिकले काम नगर्ने

291
  •  
  •  
  •  

Hrithik Roshanबलिउडका नायक ऋतिक रोशनले धूमको सिरिजको चौथो चलचित्रका लागि काम नगर्ने प्रष्ट पारेका छन् । नायक ऋतिकले धूमको सिरिजमा प्रभाससँग ऋतिकले काम गर्न लागेको समाचारको खण्डन गर्दै आफूले धूमको चौथो सिरिजमा काम नगर्ने प्रष्ट पारेका हुन् ।

समाचारमा यशराज ब्यानरको उक्त चलचित्रमा ऋतिक र बाहुबलीका नायक प्रभासले मुख्य नकारात्मक भूमिका निर्वाह गर्ने उल्लेख गरिएको थियो । आफ्ना प्रशंसकसँगको अनलाइन च्याट शेसनमा ऋतिकले भनेका छन्, ‘अहिलेको समयमा मैले मात्र दुई वटा चलचित्रमा काम गरिरहेको छु । ‘काबिल’ र एक यशराजको आगामी चलचित्र ।’

‘काबिल’को निर्देशन संजय गुप्ताले गरेका छन् । यो चलचित्र आगामी जनवरी २६ मा सार्वजनिक हुने बताइएको छ । यसका साथै हालै उनले यशराजको साथमा ‘ठग’का लागि सम्झौता गरेका छन् । उक्त चलचित्रको निर्देशन विजय कृष्णा आचार्यले गर्नेछन् । निर्देशक आशुतोष गोवारिकरको नेतृत्वमा बनेको ‘मोहनजोदाडो’ ऋतिकको आगामी चलचित्र हो ।


  •  
  •  
  •