अनुहारमा डण्डिफोर छ ? हटाइहाल्नुस्…

1069
  •  
  •  
  •  

pimpleयुवास्वस्थामा डण्डिफोरको समस्याले धेरैलाई पिरोल्ने गर्छ । हुन त डण्डिफोरले बुढापाकालाई पनि छाड्दैन तर, यसले विषेशगरी युवावस्थाका युवायुवतीले बढी पिरोल्ने गर्छ ।

यस्तै, गर्मी महिनामा यसले थप दुःख दिने गर्छ । अनुहारको सुन्दरतालाई बिगार्नुका साथै आत्मविश्वासमा समेत कमी ल्याउँछ । साथै सधैका लागि अनुहारमा दाग छाडेर अनुहारलाई नराम्रो बनाउने गर्छ । डण्डिफोरको दाग हटाउन निकै गाह्रो हुन्छ । तर, डण्डिफोरबाट बच्नका लागि प्रयास गरे त्यसले केही हदसम्म सहजता प्रदान गर्छ । केही यस्ता टिप्सहरू छन् जसले अनुहारमा डन्डिफोर आउने सम्भावनालाई कम गर्छ । थाहा पाऔ ती टिप्सहरू…

खानामा परिवर्तन : आफूले खाने खानामा विषेश ध्यान दिनु नै डण्डिफोरबाट बच्ने प्रमुख उपाय हो । आफूले खाने खानामा ब्लड सुगर बढाउने खालका खानेकुरा खानुपर्छ । यी खानेकुरामा इन्सुलिनको मात्रा बढि हुने हुनाले यसले स्वास्थ्य समस्या पैदा गर्नेगर्छ ।

अनुहार सफा राख्नेः अनुहार सँधै सफा राख्नुपर्छ । गर्मीमा विषेश ध्यान दिनु जरूरी हुन्छ । यो मौसममा पसिना धेरै आउँछ । अनुहारमा लगाइएको मेकअप राती सुत्नेबेलामा फ्याक्नुपर्छ । अल्कोहलयुक्त रिमुभर प्रयोग गर्नु राम्रो हुन्छ ।

अनुहारलाई बारम्बार नछुने : दिनभरी कुनै न कुनै बहानाले अनुहारमा हात लगाउनु हुँदैन । यो अनुहसारमा डण्डिफर आउने खास कारण हो । फोहोर हातले अनुहार छुनबाट बच्नुपर्छ । पहिलेदेखी नै रहेको डण्डिफोरलाई आफै सन्चो हुन दिनुपर्छ ।

मोस्चराइजरको प्रयोग : चिल्लो छालामा डण्डिफोर आउनु आमसमस्या हो । तर, सुखा छालाका लागि पनि मोस्चराइजरको प्रयोग गर्नु आवश्यक हुन्छ ।

पर्याप्त पानी पिउने : दिनमा कम्तिमा ६-८ गिलास पानी पिउने गर्नुपर्छ । पानीले शरिरलाई डिटक्सिडाइज गर्न मद्धत गर्छ । यसले रक्तसञ्चारलाई नियमित गर्न मद्धत गर्छ । यसले डण्डिफोरको समस्याबाट छुटकारा दिलाउन मद्दत गर्छ ।

लेजर ट्रिटमेन्ट : यी सबै उपायहरू अपनाउँदा पनि डण्डिफोरबाट छुटकारा पाउन सकिएन भने लेजर ट्रिटमेन्टको सहारा लिन सकिन्छ ।


  •  
  •  
  •