गृहमन्त्रीको निर्देशन– ६ महिनाभित्र बाढीपीडितका घर बनाउनुहोस्

  •  
  •  
  •  

janardan-sharma
काठमाडौं, २८ भदौ (ओएनएस): गृहमन्त्री जनार्दन शर्माले ६ महिनाभित्र बाढी प्रभावित क्षेत्रमा घर बनाउने गरी योजना निर्माण गर्न मातहतका निकायहरुलाई निर्देशन दिएका छन्।

बुधबार गृह मन्त्रालयमा आयोजित केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठकमा बोल्दै मन्त्री शर्माले यस्तो निर्देशन दिएका हुन्।उनले तथ्यांक संकलन गरेर एकमुष्ट रकम निकासा गर्ने व्यवस्था मिलाएर कम्तीमा ६ महिनामा बाढी प्रभावितलाई पुनःस्थापना गर्ने गरी योजना बनाउन भने ।

उनले अर्को वर्षामा बाढी आउँदा आवश्यक उद्धार सामग्री अहिले नै किन्नसमेत निर्देशन दिए ।

मन्त्री शर्माको निर्देशनपछि केन्द्रीय दैवीप्रकोप उद्धार समितिले स्याउला, खरलगायतका सामग्रीले छाएको घरको छानोलाई जस्ताले छाउनका लागि दुई बण्डल जस्तापाता वितरण गर्ने निर्णयसमेत गरेको छ।

यस्तै बाढी आएको बेला राहत र उद्धारमा विशेष भूमिका खेल्ने संघ संस्थालाई पुरस्कृत गर्ने निर्णय पनि गरेको छ ।


  •  
  •  
  •