शनिबार, भाद्र ३, २०७४ | Saturday, August 19, 2017
न्युज अपडेट

गृहमन्त्रीले भने, ‘राजपाले सहमतीमै स्वतन्त्र उम्मेदवारी दिएको हो’

janardan
काठमाडौं, ५ असार (ओएनएस) : गृहमन्त्री जनार्दश शर्माले राजपाले सरकारसंग भएको सहमतीकै आधारमा केही ठाउँमा स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । उनले समय छोटो भएका कारण सबै ठाउँमा उम्मेदवारी दिन नसकेकाले राजपाले कही ठाउँमा मात्रै उम्मदारी दिएको बताए ।

बुटवलमा आज आयोजित पाँच नम्बर प्रदेशको सरक्षा गोष्ठीपछि बोल्दै उनले संविधान संशोधन भएपछि पनि समय अपुग हुने भएकाले राजपालाई चुनावमा सहभागी हुन गाह्रो भएको बताए । ‘सरकार र राजपाबीच २ नम्बर प्रदेशको चुनाव सार्ने र १, ५ र ७ मा स्वतन्त्र उम्मेदावरी दिने सहमती भएको थियो’ उनले भने, ‘अहिले समय छोटा भयो, त्यसकारण राजपाले केही ठाउँमा मात्रै स्वतन्त्र उम्मेदवारी दिएका हो ।’

यसअघि सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले प्रमुख जिल्ला पाँच नम्बर प्रदेशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सरक्षा निकायका प्रमुखलगायतलाई चिर्वाचनमा सरक्षा व्यवस्थालाई ध्यान दिन निर्देशन दिएका छन् ।

Comments are closed.

'
Scroll To Top