यी ६ भारतीय हिराेइनकाे उचाई कति ?

1141
  •  
  •  
  •  

२० बैशाख । बलिउडमा अहिले चल्तीमा रहेका हिरोइनमध्ये सबैभन्दा बढी उचाइ अनुष्का शर्मा, दीपिका पादुकोण र सोनाम कपुरको छ । ३० वर्षीया अनुष्का, ३२ वर्षीया दीपिका र ३२ वर्षीया सोनाम बराबर अग्ला छन् । अर्थात् उनीहरूको उचाइ ५ फिट ९ इन्च छ । भारतीय अनलाइनले अहिलेका हिरोइन को–कति अग्ला छन् भनेर एउटा रिपोर्ट तयार पारेको छ । भारतका अग्ला हिरोइनमा अनुष्का, दीपिका पादुकोण, प्रियंका चोपडा, सोनम कपुरलगायत पर्छन् ।

दीपिका पादुकोण : ५.९ फिट३२ वर्षीया दीपिकाको उचाइ पनि अनुष्काको जत्ति नै अर्थात् ५.९ फिट छ । दीपिकाले पनि शाहरूख खानको जोडीका रूपमा बलिउडमा डेब्यु गरेकी हुन् । उनको पहिलो फिल्म सन् २००७ को ओम शान्ति ओम हो । त्यसपछि उनले लब आजकल, हाउसफुल, ककटेल, ए जवानी है दिवानी, चेन्नाई एक्सप्रेस, रामलीला, बाजिराव मस्तानी, पद्मावतलगायत हिट फिल्म दिएकी छिन् । यस वर्ष उनको जिरो फिल्म रिलिज हुनेछ ।

प्रियंका चोपडा : ५.७ फिटबलिउडका साथै हलिउडमा समेत अभिनय प्रतिभा प्रस्तुत गरिरहेकी प्रियंका चोपडा ५ फिट ७ इन्च अग्ली छिन् । सन् २००३ मा अन्दाज फिल्मबाट डेब्यु गरेकी पूर्वमिस वल्र्ड प्रियंकाले त्यसपछि एतराज, कृष, फेसन, दोस्ताना, ७ खुन माफ, बर्फी, बाजीराव मस्तानीलगायत हिट फिल्म दिएकी छिन् । उनलाई दर्शकले अब सन् २०१९ मा भारत फिल्ममा देख्न पाउनेछन् ।

सोनम कपुर : ५.९ फिटसोनम पनि ५.९ फिट अग्ली छिन् । ३२ वर्षीया सोनाम चर्चित अभिनेता अनिल कपुरकी छोरी हुन् । सञ्जयलीला भंसालीको सांवरिया फिल्मबाट हिरोइन बनेकी सोनम यही महिना प्रेमी आनन्द आहुजासँग बिहे बन्धनमा बाँधिदै छिन् । सोनमका यस वर्ष वीरे दि बेडिङ, सन्जु, द जोया फ्याक्टर र एक लड्कीको देखा तो ऐसा लगा गरी चारवटा फिल्म रिलिजको तयारीमा छन् ।

कैटरिना कैफ : ५.८ फिटअर्की चर्चित हिरोइन कैटरिना कैफ भने दीपिका, अनुष्का र सोनमभन्दा एक सेन्टिमिटर होची छिन् । अर्थात् उनको उचाइ ५ फिट ८ इन्च छ । मैने प्यार क्युं किया, हमको दिवाना कर गए, नमस्ते लन्डन, पार्टनर, वेलकम, राजनीति, एक था टाइगर, जब तक है जान, टाइगर जिन्दा हैलगायत थुप्रै हिट फिल्म दिएकी कैटरिना यस वर्ष ठग्स् अफ हिन्दुस्तान र जिरोमा देखिनेछिन् ।

कंगना रनोट : ५.८ फिटकंगना रनोट पनि कैटरिना बराबर उचाइकी छिन् । अर्थात् कंगनाको उचाइ ५ फिट ८ इन्च छ । सन् २००६ मा ग्यांगस्टर फिल्मबाट डेब्यु गरेकी उनले त्यसपछि फेसन, वान्स अप अन अ टाइम इन मुम्बई, तनु वेड्स मनु, कृष ३, तनु बेड्स मनु रिर्टन्स, क्विन, सिमरनलगायत फिल्ममा अभिनय गरेकी छिन् । उनको यो वर्ष मर्णिकर्णिका–द क्विन अफ झासी र मेन्टल है क्या फिल्म प्रदर्शनमा आउँदै छन्।

ऐश्वर्या राय : ५.६ फिटपूर्वविश्व सुन्दरी, हिरोइन ऐश्वर्या रायको उचाइ ५ फिट ६ इन्च छ । एक छोरीकी आमा ऐश्वर्या अहिले पनि अभिनयमा उत्तिकै सक्रिय छिन् । सन् १९९७ मा और प्यार हो गया फिल्मबाट डेब्यु गरेकी उनका हम दिल दे चुके सनम, ताल, जोश, मोहब्बते, देवदास, कुछ ना कहो, धुम २, जोधा अबकरलगायत थुप्रै फिल्म हिट छन् । उनको यो वर्ष फन्ने खां नामक फिल्म रिलिज हुनेछ ।

नयाँ पत्रिकाबाट


  •  
  •  
  •