विश्व हिन्दी मनाइयो

17
  •  
  •  
  •  

काठमाडौं, २७ पुस(ओएनएस) : विश्व हिन्दी दिवस नेपालमा पनि मनाइएको छ ।  भारतीय राजदूतावास काठमाडौंको आयोजना तथा त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागको सहकार्यमा दिवस मनाइएको हो ।

कार्यक्रमको एक समारोहकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनन मन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए । सो अवसरमा नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले विश्व हिन्दी दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाएका थिए ।

कार्यक्रममा गोपाल ठाकुर तथा गुरूदेव कामतले सांगीतिक प्रस्तुति दिएका थिए । सोही अवसरमा केन्द्रीय हिन्दी विभाग त्रिभुवन विश्वविद्यालयको वेबसाइट लोकार्पण गरिएको थियो ।

कार्यक्रममा मन्त्री अधिकारी तथा राजदूत पुरीले आदिकवि भानुभक्त आचार्यका कविताहरुको हिन्दी अनुवादसहित २ वटा हिन्दी पुस्तकको समेत लोकार्पण गरेका थिए । कार्यक्रमको अन्त्यमा कवि सम्मेलनको आयोजन गरिएको थियो, जसमा १५ कविहरुले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here