पहाडी क्षेत्रमा भारी हिमपातको सम्भावना

यसरी सजग रहौं ?
25
  •  
  •  
  •  

काठमाडौं, २४ माघ(ओएनएस) : उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठुलो वर्षा हुन सक्ने मौसमविदहरुले बताएका छन् ।

हिमपहिरो जानसक्ने क्षेत्र र पहिरो जानसक्ने क्षेत्रमा सतर्क रहन समेत उनीहरुले आग्रह गरेका छन् ।
पहाडी क्षेत्रका स–साना खोलाहरुमा आकस्मिक बहाब प्रबाह हुन पनि सक्ने अनुमान गरिएको छ ।
सुदूरपश्चिमबाट प्रवेश गरेको पश्चिमी वायुको न्यून चापीय प्रणालीका कारण देशभर आज वर्षा र हिमपात शुरु भएको हो ।

जम्मुकाश्मिर हुँदै नेपाल प्रवेश गरेको मौसमको यो प्रणालीले पश्चिमबाट पूर्वतिर प्रभाव पार्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबारसम्म देशभर अधिकांश स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा हिमपात र केही स्थानमा भारी वर्षा तथा हिमपात हुने सम्भावना रहेको अनुमान गरिएको छ ।

मौसमविद् राजु प्रधानाङ्गले पहाडी क्षेत्रमा हिमपहिरो र पहिरो जानसक्ने क्षेत्रमा सतर्क रहन आग्रह गर्छन् ।
उनी भन्छन्, ‘अन्य समय भन्दा यो समय हिमपातको क्रम शुरु भएकाले यस्ता ठाउँहरुबाट सहज हुनुपर्ने देखिन्छ ।’ यस्तो मौसममा ट्रेकिङमा नजान समेत उनी सुझाव दिन्छन् ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here