सुदूरपश्चिममा हिमपात(तस्बिरमा)

22
  •  
  •  
  •  

काठमाडौं, ९ माघ(ओएनएस) : सुदूरपश्चिमका पहाडी जिल्लामा बाक्लो हिमपात भैरहेको छ ।

बझाङ, बाजुरा, डोटी, डडेलधुरा, बैतडी र दार्चुलाका उच्च लेकाली भेकमा भारी हिमपात भएको हो ।

दार्चुलामा व्यास र अपिहिमाल गाउँपालिकाका सबै क्षेत्र बाक्लो हिमपात भएको छ । डडेलधुराका उच्च भेगमा एक दशकपछि बाक्लो हिमपात भएको छ ।

हिमपातले भीमदत्त राजमार्गका विभिन्न सडक खण्डमा यातायात प्रभावित भएको छ ।

बझाङमा हिमपातका कारण यातायात अबरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् । डोटीका लेकाली भेकमा पनि हिमपात भएको छ ।

तस्बिरमा हेर्नुहोस्

 


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here