मुगुमा हिमपात (फोटो फिचर)

जनजीवन कष्टकर, किसान खुसी
54
  •  
  •  
  •  

मुगु २३ पुस(ओएनएस) : मुगुमा आइतबार रातिदेखि भारी हिमपात भइरहेको छ । आइतबार रातिबाट शुरु भएको हिमपात सोमबार पनि जारी रहेको छ ।

जिल्लाका उच्च हिमाली क्षेत्रमा भने आइतबार बिहानै देखि हिमपात भइरहेको छ । मुगुम कामरोग गाउँपालिकाको साविकका पर्ने करानका पाँच गाविस मुगु, डोल्फु, किम्री, पुलु, मांग्रीमा सबै भन्दा बढी हिमपात भएको छ । त्यस्तै खत्याड गाउँपालिकाको खमाले, गम्था, सेरी कोटडाँडा लगायतका ठाउँमा पनि हिपपात भएको छ भने सोरु गाउँपालिकाको कालै, धैन, सोरुकोट भिई लगायतका ठाउँमा पनि हिमपात भइरहेको सोरुका स्थानीय पदमबहादुर शाहीले जानकारी दिए ।

यता छायाँनाथ रारा नगरपालिकाको साविकाका रोवा, रुगा, रारा, पिना लगायतका गाविसमा पनि भारी हिमपात भएको छ । अघिल्लो वर्षको तुलानामा यो वर्ष छिटो नै हिउँपरेको स्थानीय बताउँछन् ।

भारी हिमपातसंगै हिमपातले स्थानीयको जनजीवन कष्टकर बनाएको छ । लगातार हिमपात भएपछि अत्याधिक जाडोसमेत बढेको छ । निकै चहलपहल हुने गमगढी बजार समेत सुनसान रहेको छ ।

अत्याधिक हिमपातका कारण स्थानीयले पशु चौपायासमेत गोठबाट निकाल्न सकेका छैनन् । तर हिमपातपछि कृषक भने खुसी भएका छन् ।

लामो समयदेखि पानी नपरेर निराश भएका किसान भने खुसी भएका छन् । हिमपातसंगै खेतीपाती राम्रो हुने किसानहरु बताउँछन् ।

 


  •  
  •  
  •