हिउँ परेपछि कर्णालीका किसान हर्षित(फोटो फिचर)

84
  •  
  •  
  •  

मुगु, ९ माघ(ओएनएस) : मुगुसहित कर्णालीका जिल्लामा मौसममा आएको बदलीसँगै हिमपात भइरहेको छ ।

सोमबार रातिदेखि मुगुसहित कर्णालीका विभिन्न जिल्लामा हिमपात शुरु भएको हो । हिमपातका कारण कर्णालीका किसानले भने ठूलो राहतको महशुस गरेका छन् ।

खडेरीका कारण खाद्यन्न उत्पादनमा आएको कमी भोगेका कर्णाली बासिको धेरैभाग कृषियोग्य भूमि बाझों नै छ ।
हिमपात भएसँगै अब कर्णालीका किसान कृषि काममा व्यस्त हुन्छन् ।

बाझों बारीमा गहुँ, जौ, उवाँ, फापर लगायतका अन्नबाली लगाउने कर्णालीबासिले योजना बनिसकेका छन् ।
कर्णालीबासिको आम्दानीको मुख्य श्रोत मानिने फलफुल खेति अन्तर्गतको स्याउ खेतिलाई पनि हिमपातले निकै फाईदा पुर्‍याएको छ । कर्णालीका स्याउ बगैँचाको मुख्य समस्याका रुपमा रहेको लाहिकिरा समेत हिउँका कारण मर्ने गर्दछ । हिमपातले कर्णालीका जिल्ला र अन्य जिल्लाहरुमा निकै फाईदा पुर्‍याएको कृषि बिज्ञहरु बताउँछन् ।

पछिल्लो समय भएको हिमपात कारण चिसो बढेपनि कृषि क्षेत्रका लागी भने निकै फाईदा पुर्‍याएको जिल्ला कृषि ज्ञानकेन्द मुगुका वरिष्ठ कृषि प्रसार अधिकृत गोविन्द्र सिजापती बताउँछन् ।

हिमपात भएसँगै चिसोले जनजीवन भने कष्टकर भएको छ । सदरमुकाम गमगढीका रोवा रारा पिना रुगा, खत्याड गाउँपालिकाको खमाले, श्रीकोट, गम्था, सेरीलगायत नर्खजी, सोरु गाउँपालिकाको रुमा, कच्चे, गिलाह, कालै, धैनाकोट, सोरुकोट, नेहर र मुगुम कार्मारोङ गाउँपालिकाको मुगु, किम्री, पुलु, माग्री मह आसपासका क्षेत्रमा बाक्लो हिमपात भएको छ ।


यसैबीच हिमपातसंगै हवाई सेवा बन्द हुँदा जिल्ला बाहिर जाने र जिल्ला आउने सर्वसाधारण समेत समस्यामा परेका छन् । हिमपातले दैनिक उपभोग्य सामानमा भने अभाव हुने देखिएको छ ।


  •  
  •  
  •