बिहीबार, असोज ५, २०७४ | Thursday, September 21, 2017
न्युज अपडेट

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड दुई लाख रुपैयाँ सहयोग

korea-support
काठमाडौं, भदौं (ओएनएस): दक्षिण कोरियालीको कोरिया साउथ–इष्ट पावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा रु एक करोड दुई लाख ५७ हजार ८७१ सहयोग गरेको छ ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई आज परारष्ट्रमन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले रकम हस्तान्तरण गरेका हुन् । रकम उपप्रधानमन्त्री महराले प्रधानमन्त्री कार्यालयका सचिव शङ्करप्रसाद अधिकारीलाई हस्तान्तरण गरे ।

उपप्रधानमन्त्री महराले कोरिया साउथ–इष्ट पावर कम्पनीले बाढीपीडितका लागि सहयोग गरेकोप्रति धन्यवाद व्यक्त गरे । उनले कम्पनीले सुरु गरेको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाका विषयमा जानकारीसमेत लिए ।

सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत च्याङले अप्पर त्रिसुली–१ परियोजना भूकम्पका कारण केही समस्या भएपनि द्रुत गतिमा अगाडि बढाएको जानकारी गराए । उनले विद्युत् खरिद् सम्झौदा(पिपिए)लाई अघि बढाईदिन आग्रह समेत गरेका छन् ।

जवाफमा उपप्रधानमन्त्री महराले विद्युत् खरिद सम्झौताका विषयमा आफूले सम्बन्धित निकायसँग कुरा गर्ने प्रतिबद्धता जनाएका थिए ।

Comments are closed.

'
Scroll To Top