शुक्रबार, कार्तिक ३, २०७४ | Friday, October 20, 2017
न्युज अपडेट

लौकाको जुस पिउनुहाेस्, यस्ता छन् ५ फाइदा

लौकाको जुस पिउनुहाेस्, यस्ता छन् ५ फाइदा

काठमाडौं, मंसिर (एजेन्सी) : खास गरेर हामी बिहानै उठेपछि चिया र कफि पिउछाै । यो परम्परा पहिलेदेखि नै चलि आएको बानी हाे। के यसलाई परिवर्तन गर्ने कुरा कहिल्यै सोचेका छौँ ?

बिहानै उठेर चिया वा कफिको ठाउँमा लौकाको  जुस पिउँदा स्वास्थ्यको लागि धेरै फाइदाजनक हुन्छ । लौकाको फिक्का स्वादले गर्दा नराम्रो लाग्ला तर, फाइदा थाहा पाएपछि अस्वीकार गर्न गाह्रो हुन्छ ।

१. शक्तिको लागि

यदि तपाई बिहानै उठेर काम गर्नुहुन्छ भने लौकाको रस पिउनुस् यो धेरै फाइदाजनक छ । यसमा कार्बोहाईड्रेट पाईन्छ जसले मांसपेशीहरुको काम गर्ने क्षमता बढाउछ ।

२. युरिन ईन्फेक्सनमा फाइदा

यदि तपाईलाई युरिन डिस्चार्ज गर्ने बेला जलन वा दुख्ने महसुस हुन्छ भने लौकाको रस पिउनुस यो फाइदाजनक छ । युरिनमा एसिडको मात्रा बढी हुनाले जलन वा दुख्ने हुन्छ, जब लौकाको रस पिउने गरिन्छ यसले अम्लियतालाई कम गर्छ र जसले जलन वा दुख्ने समस्यालाई पनि कम गर्छ ।

३. शरिरभित्रको फोहोरलाई सफा गर्ने

खाली पेट लौकाको रस पिउनाले तागत र शक्ति प्राप्त हुन्छ । लौकाको रसमा ९८ प्रतिशत पानी र बाँकी एन्टी एक्सीडेन्ट्स हुन्छ, जो शरिरभित्रको टक्सिनलाई बाहिर निकाल्छ र जसले गर्दा भित्री शरिरको फोहोर सफा हुन्छ ।

४. वजन घटाउनमा मद्दत

लौकाको रसमा क्यालोरी र चिल्लो बराबर हुँदैन जसमा हुने फाइबरले भोकलाई कम गर्छ जसले गर्दा मोटाउने सम्भावना कम हुन्छ ।

५. कब्जियतको बिरामीको लागि फाइदाजनक

यदि कब्जियतको बिरामीले दैनिक बिहानै उठेर लौकाको रस पिउछ भने लौकाको रसमा पाईने फाइबरले पाचन प्रक्रियालाई दुरुस्त बनाउँछ ।

Comments are closed.

'
Scroll To Top