हवाइ इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घट्यो

27
  •  
  •  
  •  

काठमाडौं, २६ पुस(ओएनएस) : नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएको छ ।

निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी हवाइ इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाएको हो ।

हाल कायम रहेको प्रतिलिटर एक सय ४ रुपैयाँ ५० पैसालाई घटाएर अब ९४ रुपैयाँ ५० पैसामा समायोजन गरिएको निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिएका छन् ।

हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिकतर्फको हवाई भाडा पनि केही कम हुने हुने निगमले बताएको छ । पछिल्ला केही पटक डिजल,पेट्रोल, मट्टीतेललगायतको भाउ घटे पनि हवाई इन्धनको मूल्य घटेको थिएन ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here