तीन दिन २४ जिल्लामा हात्तीपाइले राेगविरुद्धको औषधि खुवाइने

128
  •  
  •  
  •  

काठमाडौं, १२ फागुन (ओएनएस) : तीन दिन सम्म २४ जिल्लामा हात्तीपाइले राेगविरुद्ध सरकारले अाजदेखि निशुल्क रुपमा औषधि खुवाउने अभियान सुरु गरेकाे छ। हात्तीपाइले रोग निवारणका लागि सरकारले विगतका वर्षदेखि नै याे अभियानलार्इ निरन्तारता दिदैँ अाएकाे छ।

 

पर्वत, बाग्लुङ, कपिलवस्तु, पाँचथर, इलाम, झापा, भोजपुर, धनकुटा, मोरङ, उदयपुर, लमजुङ,दैलेख, दाङ, बाँके, बर्दिया, बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, दार्जुला, बैतडी, डडेलधुरा र कञ्चनपुर गरी २४ मा जिल्लामा अाजदेखि सुरु भएकाे छ।

शनिबार, आइतबार र सोमबार ती जिल्लामा औषधि खुवाउने अभियान सुरु भएकाे इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

हात्तीपाइले रोगका औषधि दुई वर्ष नपुगेका बालबालिका, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोग तथा अरु कुनै पनि रोगका सिकिस्त बिरामीले खानु हुँदैन । हात्तीपाइले विरुद्धको औषधी खाली पेटमा यो औषधि नखान पनि डाक्टरले सल्लाह दिएका छन् । नेपालमा हात्तीपाइले रोग निवारण अभियान सन् २००३ देखि सुरु भएको हो ।


  •  
  •  
  •