पार्टी भित्र गुट उपगुट अन्त्य भयो : उपसभापति निधि

13
  •  
  •  
  •  

दैलेख, ३० पुस(ओएनएस) : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी भित्र गुटउपगुट अन्त्य भएको बताएका छन् ।


नेपाल प्रेस युनियन दैलेखको चौथो जिल्ला अधिवेनशको सोमबार उद्घाटन गर्दै उनले ऐतिहासिक महासमिति बैठकपछि गुटउपगुट अन्त्य भई पार्टी थप मजबुद बनेको बताए ।
निधिले महासमिति बैठकबाट एकताको सन्देशसहित विश्वमै उत्कृष्ट र समावेशी विधान बनाउन सफल भएको उल्लेख गरे ।
वर्तमान सरकारले संघीयतालाई खतरामा पार्ने गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै उनले संघीय प्रणाली नेपाली कांग्रेसको एजेण्डा भएको बताए ।

नेता निधिले मुलुकमा भइरहेको हत्या, हिंसा बलात्कार, अपराधलाई नियन्त्रण गर्न सरकार उदासिन रहेको उल्लेख गर्दै लोकतन्त्र दरिलो भएमात्रै प्रेस जगत् स्वतन्त्र हुने बताए । समृद्ध मुलुक निर्माणमा प्रेसको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै उनले लोकतन्त्रको पर्यायवाची प्रेस जगत् भएको धारणा व्यक्त गरे ।

नेपाल प्रेस युनियनका जिल्ला सभापति भूपेन्द्र शाहीको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, कर्णाली प्रदेशसभा सदस्य हिमबहादुर शाही, कांग्रेस दैलेखका सभापति कृष्णकुमार विसी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष चक्र केसी, नेपाल महिला संघका जिल्ला अध्यक्ष सीता राना लगायतले मुलुकको विकास र समृद्धिका लागि प्रेसको भूमिकाका बारेमा प्रष्ट पारेका थिए ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here