सिन्धुलीका कुख्यात गुन्डा नाइके पुष्पराज पक्राउ

78
  •  
  •  
  •  

काठमाडौं, २७ भदौँ (ओएनएस) : सिन्धुलीका कुख्यात गुन्डा नाइके पुष्पराजश्रेष्ठ पक्राउ परेका छन्। विभिन्न समयमा आपराधिक गतिविधि गर्दै आएका गुन्डा नाइके श्रेष्ठलाई प्रहरीले मंगलबारपक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखा काठमाडौंका प्रमुख एवम् एसएसपी धिरजप्रताप सिंहले सिन्धुली जिल्ला घर भएका श्रेष्ठलाई भदौ २६ गते अपरान्ह चार बजे काठमाडौंको गौशालाबाट पक्राउ गरिएको पुष्टि गरे। उनका अनुसार ३६ वर्षीय श्रेष्ठको स्थायी घर सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ५ मा पर्छ ।

गुन्डा नाइके श्रेष्ठविरुद्ध सिन्धुलीमा जीवन श्रेष्ठ, राजन घिसिङ, अविनाश रिजाल, विजय मुनला घिसिङ, गगनसिंह शेर्पालाई ज्यानमार्ने उद्योगका साथै कुटपिट गरेकोमा मुद्धा चलेको थियो । उनले राजधानीमा पनि विभिन्न अपाराधिक गतिविधि गर्दै आएका थिए ।

प्रहरीको मोस्टवान्टेडको सूचीमा रहेका श्रेष्ठलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको एसएसपी सिंहले बताए ।


  •  
  •  
  •