के के भए मन्त्रीपरिषदका आजका निर्णयहरु ?

काठमाडौं,२८ पुस (ओएनएस):
आज बसेको मन्त्रीपरिषदको बैठक मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र अस्थायी मुकाम टुङ्गो लगाउन सकेन । सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले अरु महत्वपूर्ण निर्णय गरेको छ।

मन्त्रीपिरषदका निर्णयहरु
१) धनकुटाको छिन्ताङमा २०३६ सालमा मारिएका १६ जनालाई सहिद घोषणा गर्ने।
२)  २०७५ को राष्ट्रिय आर्थिक गणना आदेश सूची बैसाख १ मा जारी गर्ने।
३)  न्याय सेवाको विशिष्ठ श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा गर्ने।

४)  विश्व बैंकबाट ८ अर्ब ऋण स्वीकार गर्ने।
५)  उपरथि गौरव तन्डुललाई रथीमा बढुवा गरी युएन मिसन कमान्डरको प्रतिस्पर्धाका लागि पठाउने।

६) प्राविधिक सहायक रथीमा गजेन्द्रराज शर्मालाई बढुवा गर्ने।

७)  सरकारको पुनरावदेन समितिमा हेमराज पन्तलाई पठाउने।

 

Share: