प्रदेश प्रमुख र अस्थायी राजधानी टुङ्गो लागेन

काठमाडौं,२८ पुस (ओएनएस): शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र अस्थायी मुकाम टुङ्गो लगाउन सकेन ।

सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले आजको बैठकबाट त्यसको निर्णय नभएको बताए । प्रदेश राजधानीको माग गर्दै ठाउँ ठाउँमा आन्दोलन जारी भइरहेको भन्दै यसले राष्ट्रिय सभा निर्बाचनमा असर पर्ने भन्दै सरकारले अस्थायी मुकाम तोक्ने सम्बन्धी कुनै निर्णय नगरेको बताएको छ ।

प्रदेशसभाको निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था संविधानमा भएकोले प्रदेश प्रमुख नतोकिँदा निर्वाचन आयोगले आधिकारीक परिणाम अझैसम्म बुझाएकाे छैन् ।  संविधानमा प्रदेशसभाको निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था छ ।

Share: