विपद् व्यवस्थापनमा ‘अलर्ट’ रहन गृहको निर्देशन

31
  •  
  •  
  •  

काठमाडौं, २९ असार (ओएनएस) : गृह मन्त्रालयले बाढीपहिरो जस्ता विपद् व्यवस्थापन तथा न्यूनीकरणका लागि सतर्क रहन र कुनै पनि कसर बाँकी नराखी काम गर्न मातहतका निकायलाई निर्देशन दिएको छ।

गृहमन्त्रालयमा बसेको विपद व्यवस्थापन र न्यूनीकरणसँग सम्बन्ध राख्ने सरकारी निकायका पदाधिकारी सम्मिलित बैठकमा गृहमन्त्री रामबहादुर थापाले विपदको तत्काल सम्बोधन गर्ने गरी सम्पूर्ण रुपले तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।

बैठकले विपद जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्दै प्रभावितको तत्काल उद्धार, राहत तथा आवश्यक बन्दोबस्तीको व्यवस्था मिलाउनका लागि आवश्यक उपकरण र जनशक्तिलाई तयारी अवस्थामा राख्न मातहतका निकायलाई निर्देशन दिएको हो।

विपद जोखिम न्यूनीकरण महाशाखाका सहसचिव केदारबहादुर न्यौपानेले राहत र उद्धारका लागि गाउँपालिका, नगरपालिका, प्रदेश सरकार लगायतसँग आवश्यक समन्वय गरी आवश्यक उपकरण र जनशक्तिलाई तयारीमा राख्ने निर्णय पनि भएको जानकारी दिए।
यसैगरी उद्धार कार्यका लागि नेपाली सेनाको हेलिकप्टर, सशस्त्र प्रहरी बलकोे जनशक्ति र स्रोतसाधन, स्वास्थ्य सेवा विभागले अत्यावश्यक औषधि तथा चिकित्सक टोली तम्तयार राख्नेसमेत बैठकले निर्णय गरेको छ ।
बाढी पहिरोबाट विस्थापित परिवारलाई तत्कालका लागि १० हजारका दरले राहत वितरण गर्ने, उद्धार र बेपत्ताको खोजी कार्य जारी राख्ने निर्णय भएको उल्लेख छ।


  •  
  •  
  •