बढ्यो सुनको भाउ

20
  •  
  •  
  •  

काठमाडौं, २६ पुस(ओएनएस) : बिहीबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तोलामा २ सय रुपैयाँ बढेर तोलाको ६० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार भने ६ सय रुपैयाँ बढेको हो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेकाले नेपालमा पनि महंगो भएको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here